माघ २१ गतेदेखि कालिका पावर लिमीटेडको आईपिओ आउँदै



हाम्रो इकोनोमि

कालिका पावर लिमीटेडले आगामी माघ २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता सेयर आयोजना प्रभावित गोरखाको गोरखा नगरपालिका, सिरानचोक, सुलिकोट, अजिरकोट, भीमसेन गाउँपालिकाका बासिन्दाका लागि निश्कासन गर्ने भएको हो ।

आइतबार प्रकाशित सूचनाका अनुसार माघ २१ गते निस्काशन हुने आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले फागुन ६ गतेभित्र आवेदन दिन सक्नेछन् । यो अवधिमा माग जति आवेदन नपरे ढिलोमा फागुन २१ गतेभित्र आवेदन दिन सकिने बताइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम काठमाण्डौ क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ ।कालिका ग्रुप अन्तर्गतको यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि १२ करोड बराबरको आइपीओ निश्कासनको योजना बनाएको छ । यो कम्पनीले हालैदेखि ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...