काबुलको होटल आक्रमणमा मृत्युहुने ४० पुगे



अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छ ।

यस दुर्घटनामा मारिएका व्यक्तिको प्राप्त पछिल्लो जानकारीअनुसार यो सङ्ख्या ४० पुगेको बिहीबार अधिकारीहरुले बताएका छन ।

अधिकारीहरुले दिएको सुरुको सङ्ख्या भन्दा यो दुुइगुना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले एएएफपी समाचार समितिलाई बताउनु भएको थियो ।

यस आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएका थिए । पाँच आतङ्ककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस
चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ