उपेन्द्र यादवले यसरी खुलाए ओली संगको दोस्ती, यादवले भने-वाम गठबन्धन संविधान संशोधनको पक्षमा छ, कुरा मिलिसक्यो



मधेशवादी दल संघीय समाजवादी फोरम वाम गठबन्धनको सरकारमा सहभागि हुने चर्चा चलिरहेका बेला राष्टियसभा निर्वाचनमा भने फोरम र राजपाले नेपालीकांग्रेससँग तालमेल गरेका छन् । आगामी दिनमा मधेशवादी दलको मूल एजेण्डा के हुन्छ र कस्तो अवस्थामा सरकारमा सहभागि हुन्छ भन्ने लगायतका विषयवस्तुमा केन्द्रित भएर ऋषि धमलाले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

राष्ट्रियसभा चुनावमा कांग्रेससँग किन तालमेल गर्नुभएको हो ?
चुनाव जित्नलाई ।

वाम गठबन्धनसँग तालमेल गर्ने चर्चा थियो नि ?
हामीले कांग्रेससँग गठबन्धन गरेको होइन । चुनावमा तालमेल मात्रै हो ।

वाम गठबन्धनसँग किन कुरा मिलेन ?
कुरा चल्दैछ ।

राष्ट्रियसभा चुनावको तालमेलको कुरा गरेको मैले ?
हामीले सबैसँग कुराहरु खुला राखेका थियौँ ।

वाम गठबन्धनसँग कुरा मिलेन ?
अँ । कुरा मिलेन । मिलेको भए त भइहाल्थ्यो नि ।

वाम गठबन्धनसँग तीन सिट माग्नुभएको हो ?
बहस र छलफलमा आएका कुराहरुलाई अहिले आधार नबनाउँ । मिलेको भए वाम गठबन्धनका साथमा हाम्रो पनि जानुहुन्न भन्ने थिएन । कुरा मिल्यो भने भोली पनि जान सक्छौँ ।

उपेन्द्र यादवलाई संगै लिएर जानका लागि वाम गठबन्धनले के गर्नुपर्छ ?
उपेन्द्र यादव भनेको व्यक्ति होइन । पार्टी र विचारसँग जोडिएको व्यक्ति हुँ । मधेशी, आदीवासी, शोषित, उत्पिडित जनताका मुद्दा हल गर्नुपर्ने मुद्दाहरु हामीले उठाउँदै आएका छौँ । त्यसप्रति हामीले उठाउँदै आएको मागप्रति स्पष्ट दृष्टिकोण आउनुपर्छ । त्यति हो हाम्रो माग ।

संविधान संशोधनका लागि वाम गठबन्धन लचिलो बन्नुपर्छ भन्ने तपाईहरुको भनाई हो ?
निश्चित रुपमा ।

संविधान संशोधनका लागि वाम गठबन्धन लचिलो भयो भने तपाईहरु सरकारमा जाने हो ?
सरकारको कुरा चाँही के हो भने यो विषयमा हामीले छलफल गरेका छैनौँ । छलफलको विषय हुन सक्छ । विचार गर्न सकिन्छ । तर हामी सरकारमा गए पनि नगए पनि मुलुकको समस्या त हल गर्नुपर्यो नि ।

मुलुकको समस्या त सबै हल भइसक्यो नि ?
हो र ?

त्यसै भन्छन् नेताहरु ? उत्कृष्ट संविधान बनेको छ । सबै माग पूरा भएको छ भनिरहेका छन् ।
उत्कृष्ट भएको भए त वाम गठबन्धनले उहिल्यै सरकार बनाइसक्थ्यो नि ।

संवैधानि जटिलताहरु अझै पनि छ । तर तपाईहरुले भने जस्तो संविधान संशोधनको कुरा गर्दा कत्तिको जरुरी छ ?
छ । उहाँहरु पनि संविधान संशोधनको पक्षमा हुनुहुन्छ ।

एमाले पनि संविधान संशोधनको पक्षमा छ भन्ने तपाईहरुको निष्कर्ष हो ?
निश्चय पनि । संविधान संशोधन गर्नैपर्छ । संविधान संशोधन नभएसम्म काम अघि बढ्दैन । विकृति र विसंगतिहरु संविधानमा छ । सबैले महसुस गरेका छन् नि ।

संविधानको व्याख्या त सबैले आफ्नो स्वार्थअनुसार गर्छन् नि ?
नेताहरुलाई छोड्दिनुस् । यही मुलुकका संविधान विज्ञहरुको ठूलो कार्यदल बनाइदिउँ । उनीहरुले संविधानको चिरफार गर्छन् । कहाँ कहाँ विकृति छ भनेर बताइदिन्छन् । त्यो अनुसार अगाडि बढ्न तयार हुनुहुन्छ उहाँहरु ?

संविधान संशोधनका लागि अहिले उपयुक्त समय हो र ?
धेरै जाडो भएकोले ?

होइन, अहिले मौसम चिसिएको छ, राजनीति तातेको छ । मलाई थाहा छ । तर संविधान संशोधन गर्ने त प्रतिनिधिसभाले हो नि ?
हो, संसदले गर्ने हो । मैले पनि घरमा बसेर संशोधन गर्ने भनेको होइन । तर १२ बजे राति शितल निवासमा बसेर अनधिकृत रुपमा संविधान बदलिएको पनि छ यहाँ ।

तर संविधान संशोधन त वैशाखतिरै होला नि । अहिले त सम्भावना छैन ।
असारतिरै गर्नुहोला, पानी परेकै बेला गर्नुहोला । तर त्यसको अवधारणा त स्पष्ट हुनुपर्यो नि ।

केपी शर्मा ओलीले संविधान संशोधन गर्ने आश्वासन दिनुभएको हो ?
त्यस विषयमा आश्वस्त पार्ने वा विश्वस्त भइदिएको भए अवस्था अर्कै हुन्थ्यो ।

तर तपाई ओलीसँग बारम्बार भेटघाट गरिरहनुभएको छ ?
हैन किन नगर्ने ? हामी सबैसँग संवाद गरेर समस्याको हल गर्ने पक्षमा छौँ । वार्ता र संवाद नगर्ने हो भने त कसरी समस्या हल हुन्छ ।

समस्या समाधानका लागि तपाईले वाम गठबन्धनसँग हातेमालो गर्नुपर्छ ?
मुलुकको समस्या हल गर्नका लागि हामी सबैसँग हातेमालो गर्न तयार छौँ ।

तर दुई तिहाई बहुमत वाम गठबन्धनसँग नै छ ?
दुई तिहाई त पुग्दैन उहाँहरुको । ऋषिजिले थपिदिएर हुँदैन । तर उहाँहरुलाई सरकार बनाउन पर्याप्त संख्या छ । उहाँहरु अगाडि बढ्नुस भनेकै छु ।

तपाई वाम गठबन्धन भत्काउने पक्षमा हुनुहुन्न ?
म कुनै पनि गठबन्धन भत्काउने पक्षमा छैन । त्यस्तो कुकार्य गर्दिन । वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्

संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको