सातवटै प्रदेशमा आज राष्ट्रिय सभा सदस्यका लागि यसरी हुदैछ मनोनयन,२ नम्बर प्रदेशमा उम्मेदवार छान्न कांग्रेसलाई सकस



हाम्रो इकोनोमि

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदै छ।
बिहान १० बजेदेखि दिउसो ४ बेजसम्म मनोनय दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरि जम्मा २०५६ जना मतदाता रहेका छन्।

प्रत्येक प्रदेशबाट ८ सदस्य (महिला ३, दलित १, अपांगता अल्पसंख्यक १, अन्य ३) गरि जम्मा ५६ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचित हुनेछन्।

आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको छ।
प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ। ती कार्यालयमा गएर दलहरुले आफ्नो मनोनय दर्ता गर्ने छन्।

निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर योग्यता पुगेका जोसुकै व्यक्ति राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ।

आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता सूचीमा नाम भएको प्रमाण र दलको उम्मेदवार हुन चाहे सम्बन्धित दलको औपचारिक पत्र बोकेर जानुपर्छ। उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ।

राष्ट्रियसभा सदस्यका लागि एमाले, माओवादी, राजपा, संघीय फोरमले हिजो नै उम्मेदवारको टुंगो लगाइ सके पनि कांग्रेसले प्रदेश २ का उम्मेदवार अझै टुंग्याउन सकेको छैन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार राति अबेर सकिएको कांग्रेस शीर्ष नेताहरूको बैठकले अन्य प्रदेशमा भने उम्मेदवारको टुंगो लगाएको छ।

प्रदेश २ मा भने फोरम–राजपासँग चुनावी तालमेल गर्ने सहमति भए पनि क्लस्टरको टुंगो नलागेकाले उम्मेदवार चयन हुन नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...