म्याग्दी : अपाङ्गमैत्री स्वास्थ्य चौकी भवन निर्माण शुरु



हाम्रो इकोनोमि

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा १५ श्यया क्षमताको अपाङ्गमैत्री सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ ।

रु एक करोड ५६ लाखको लागतमा निर्माण हुने सो भवन दुई तले र भूकम्प प्रतिरोधी भवनका लागि वडाध्यक्ष कृष्णप्रसाद बरुवाल र जग्गादाता गोविन्द खड्काले सोमबार श्रीपञ्चमी पर्वका दिन संयुक्तरुपमा शिलान्यास गरे ।

हाल घारको स्वास्थ्यचौकी साँघुरो कोठामा सञ्चालन भइरहेको छ । स्वास्थ्य चौकीलाई आधुनिक उपकरणसहित सेवा सञ्चालन गर्नेगरी शुरु भएको अभियानमा स्थानीयले चन्दा संकलन गरी रु आठ लाख जुटाएर थप दुई रोपनी नौ आना जग्गा स्वास्थ्य चौकीलाई खरिद गरेपछि चार रोपनी एक आना क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको भवनको काम शुरु गरिएको वडाध्यक्ष बरुवालले जानकारी दिए ।

१५ श्यया क्षमताको दुईतले भवनका लागि शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत निर्माण कार्य शुरु गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालले बतए ।

अध्यक्ष बरुवालका अनुसार आगामी वर्ष २०७५ को असार महिनाभित्र निर्माणकार्य सम्पन्न गरिनेछ । गाउँमै सुविधासम्पन्न स्वास्थ चौकीको भवन निर्माण हुन लागेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...