दुई सय भन्दा बढी नेपाली चेलीबेटी बेचबिखनमा आरोपित गाउँपालिका अध्यक्ष ५ लाख धरौटीमा रिहा



हाम्रो इकोनोमि

चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आइतबार ५ लाख धरौटीमा काठमाडौं जिल्ला अदालतले रिहा गर्न आदेश दिएको भएपनि मानव बेचबिखन सम्बन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए ।

बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई पक्राउ गरी मानब बेचबिखन मुद्दा दायर गरेको थियो। १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनलाई धरौटीमा छाड्ने आदेश दिएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु छक्क परेका छन्।

भारतको बम्बईमा आफ्नै कोठी सञ्चालन गरेर दुई सय नेपाली महिला बेचबिखन गरेको आरोप तामाङमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...