नवराज सिलवालले झूट बोले पछी थप आक्रामक बन्यो प्रहरी,सिलवाल विरुद्ध डिफ्युजन नोटिस जारी



हाम्रो इकोनोमि

इन्टरपोलले नेपाल प्रहरीका पूर्व डीआइजी तथा नेकपा एमलेका सांसद नवराज सिलवालको खोजी गर्न डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न आइतबार साँझ डिफ्युजन नोटिस जारी गरेको हो । आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उनीमाथी प्रहरीले डिफ्युजन नोटिश जरी गर्ने सम्म्को एक्सन लिएको हो ।

सिलवालले एक अनलाइन मार्फत आफू ललितपुरको भट्टे डाँडामा रहेको दावी गरेपछि आइतबार दिनभर प्रहरीले उनको खोजी गरेको थियो । तर नभेटिएपछि बेलुका इन्टरपोलले उनलाई फरार सूचीको अभियुक्तमा राख्दै सूचना जारी गरेको हो ।
यो नोटिस जारी भएसँगै अव जुनसुकै मुलुकका प्रहरीले पूर्व डीआइएजी तथा सांसद सिलवाललाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाठौंको जिम्मा लगाउन निर्देशन दिएको थियो ।

त्यसअघि ललितपुरको गोदावरी स्थित निवासमा सिलवाल पक्राउ गर्न पुगेको ललितपुर प्रहरीको टोली उनी नभेटिएपछि रित्तो हात फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...