एमालेका यी मनकारी पूर्व सांसद जसले उपचार खर्च तिर्न नसकेर अस्पताल बसेका आमा–छोरालाई घर फर्काए



हाम्रो इकोनोमि

बम विस्फोटमा परेर दुई महिनादेखि चितवनमा उपचार गराए पनि तिर्ने पैसा नभएपछि अस्पतालमै रहेका आमा र छोरालाई रौतहटका पूर्व सांसद रामकुमार भट्टराईले घर फर्काएका छन्।

रौतहटमा भएको बम विस्फोटमा घाइते भएका सरिता राई र उनका छोरा जैविकलाई पूर्व सांसद भट्टराईले जमानी बसेर आइतबार अस्पतालबाट निकालेका हुन्। विस्फोटमा परेर सरिताको एउटा खुट्टा काट्नुपरेको थियो भने छोरा जैविकको दुवै खुट्टामा गम्भी चोट लागेको थियो।

उनीहरुलाई एक साताअघि नै पैसा तिरेर डिस्चार्ज हुन अस्पतालले भने पनि उपचार खर्चवापतको ठूलो रकम तिर्न नसकेपछि घर फर्कन सकेका थिएनन्। सरिताको उपचार खर्च ६ लाख २५ हजार भएको छ भने छोराको उपचारमा ४ लाख २९ हजार लागेको बताइएको छ।

उनीहरुले क्यान्टिनमा खाना खाएको बाँकी रकम ५२ हजार रुपैयाँ भने पूर्व सांसद भट्टराईले तिरिदिएको नेपाल लाइभले उल्लेख गरेको छ।

प्रदेश र प्रतिनिधिसभाको चुनाव अगाडि गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका ५ मा आयोजित भेलामा बम विस्फोट हुँदा सरिता र उनका छोरासहित एक दर्जनभन्दा बढी मानिस घाइते भएका थिए।

उपचार खर्चका लागि सरकारसँग पहल गरे पनि अहिलेसम्म नपाएको पूर्व सांसद भट्टराईले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...