अमेरिकामा एक नेपालीको गोलीहानी हत्या



हाम्रो इकोनोमि

अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् ।

सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए ।

प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ । उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...