उपराष्ट्रपतिले बिहानै ओली निवास पुगेर केपीलाई भेटे,राष्ट्रपति-उपराष्ट्रपतिमा दोहोरिने उद्देश्यले घरदैलो गर्दै भण्डारी र पुन



संसदले पूर्णता पाएसँगै राष्ट्रप्रमुख–उपप्रमुखको पनि निर्वाचन हुने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न बहानामा राजनीतिक भेटघाट तीब्र बनाएका छन्।

यसैक्रममा उपराष्ट्रपति पुनले शुक्रबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर स्वास्थ्य लाभको कामना गरेका छन्। उनीहरुबीच करिव आधा घण्टा कुराकानी भएको थियो।

अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार भेटमा उपराष्ट्रपति पुनले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको बारेमा चासो राखेका थिए। त्यसबाहेक समसामयिक राजनीतिक बिषयमा समेत छलफल भएको अधिकारीले जानकारी दिएका छन्।

अघिल्लो हप्ता २८ पुषमा राष्ट्रपति भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारलाई शीतल निवासमा रात्रिभोज दिएकी थिइन्, जहाँ प्रचण्डपत्नी सीतासहित छोरी–ज्वाइँ–बुहारी र नातिनातिनाहरु सहभागी थिए।

परीक्षणका लागि मात्र ब्याङ्कक गएका अध्यक्ष ओलीको स्वास्थ्य राम्रो रहेको जानकारी सार्वजनिक भइसकेको छ। यस्तो स्थितिमा मर्यादाक्रममा प्रधानमन्त्री भन्दा माथि रहने उपराष्ट्रपति पुन ओली निवासमा पुग्नुपर्ने जरुरी नै थिएन, त्यो पनि राजनीतिक विषयमा कुराकानी गर्नका लागि।

त्यसैले, प्रतिनिधि सभाको बैठक सुरु भएसँगै हुने राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनलाई लक्ष्यित गरी उपराष्ट्रपति पुन ओली निवास पुगेका छन्। राष्ट्रपति भण्डारीले प्रचण्ड परिवारलाई शीतल निवासमै बोलाएर रात्रिभोज दिनुको भित्री कारण पनि राष्ट्रपति निर्वाचनलाई लक्ष्यित गरेर नै हो।

व्यक्त नगरेपनि राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन दुबैजना फेरिपनि आफ्नो कार्यकाल दोहोरियोस् भन्ने चाहन्छन्। भण्डारी राष्ट्रपतिमा दोहोरिन प्रचण्डको समर्थन जति आवस्यक छ, उपराष्ट्रपतिमा दोहोरिन पुनलाई पनि ओलीको समर्थन त्यति नै आवस्यक छ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित