सल्यानमा ३३ करोड चार लाख बराबरको सुन्तला उत्पादन



हाम्रो इकोनोमि

यस वर्ष सल्यान जिल्लामा ३३ करोड चार लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।

सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष एक हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट सात हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । गत वर्षभन्दा आठ हेक्टर बढीमा सुन्तला उत्पादन भएको छ ।

गत वर्ष जिल्लामा रु २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो । करिब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । उत्पादित सुन्तलालाई बिक्री गर्न कुने समस्या नभएको कृषकले बताएका छन् । उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...