काठमाण्डौ फोटोग्राफर संघद्धारा फोटोग्राफी तालिमको आयोजना



हाम्रो इकोनोमि

काठमाण्डाै फाेटाेग्राफर संधकाे अायाेजनामा Primax International, Inc Authorized Distributor on Canon for Nepal,CANON Imaging Academy , Superdigital Baneshwor Colorlab , कालिका फाेटाे एक्सप्रेस प्रा.लि. बसुन्धरा, C.B Mount & Framing Center Pvt Ltd र कल्कि डिजिटल स्टुडियाेकाे सहकार्यमा माघ ६ गते फाेटाेग्राफिक तालिमको अायाेजना गर्ने भएको छ ।

फाेटाेग्राफिक तालिममा उपत्यका भित्रका स्टुडियाे व्यवसायिहरूकाे अत्याधिक सहभागिता हुने कुरा कालिका फाेटाे एक्सप्रेसका संचालकले बताउनुभयो । साथै यस तालिमले व्यवसायी फाेटाेग्राफरलाइ मात्र नभइ अन्य जाे काेहि फाेटाेग्राफिमा इच्छुक हुनेलाइ पनि भाग लिएर यसबाट लाभांवित हुन सक्ने कुरा पनि बताउनु भयाे ।

काठमाण्डौ फोटोग्राफर संध निरन्तर व्यवसायि साथिहरूको सिप विकास र व्यवसायमा आएका उतार चढावलाइ ध्यान दिदै संधको सदस्यको हितमा निरन्तर लागिपरेको छ । यस संस्थाले विगतमा पनि व्यवसायिको हौसला बढाउन विवाह प्रतियोगिता जस्ता हौसला मुलक कार्यक्रम गर्दै संस्थाका साथिलाइ उत्प्रेरणाको उर्जा दिँदै आएको संस्थाका आजिवन सदस्य विक्रम न्यौपाने बताउनु भयो ।

महिलाहरुले पनि यस पेशामा सक्रिय भुमिका निभाउन सक्छिन भन्ने उदेश्यले संस्थाकै सदस्य ललिता खडकाज्युले विभिन्न समयमा महिला फोटोग्राफिक ट्रेनिङ दिँदै आउनु भएको छ । उहाँले संस्थाका साथिहरूको उत्साह र सक्रियताले नै यस संस्थाको हरेक काम सफलताको विन्दुमा पुगेको छ र आगामि दिनमा पनि पुग्ने छ भन्ने जानकारि दिनुभयो । खड्काले सबैलाइ माघ ६ गते विहान बसुन्धरामा अबस्थित मेधा पार्टी प्यालेमा उपस्थिति जनाइदिनु हुन समेत आग्राह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...