इन्डोनेसिया प्रहरीको ‘इन्काउन्टर’मा मारिए नेपालीको युवा



हाम्रो इकोनोमि

इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । लागू औषध तस्करीको सूचनाका आधारमा प्रहरीले ३४ वर्षीय शरण तामाङलाई इन्काउन्टर गरेको हो । उनको नेपालको ठेगाना भने खुलाइएको छैन ।

उनलाई लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् ।

उनका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।

उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...