विमानस्थलमा झडप हुँदा बीसको मृत्यु



लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । यस आक्रमणमा परी अन्य ६३ जना घाइते भएका छन् ।

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकूले विमानस्थल मै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षबीच झडप भएको अधिकारीले बताएका थिए ।

झडपका क्रममा भएको गोलाबारीमा परी छ वटा विमान प्रभावित भएको जनाइएको छ ।

मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना सर्वसाधारण छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

घटनामा परी घाइते भएकामा केहीको अवस्था गम्झीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ ।

मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आमनागरिकले प्रयोग गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । सन् २०१४ मध्यतिर विद्रोही लडाकूले आक्रमण गर्दा भएको झडपपछि सो विमानस्थल क्षतिग्रस्तरुपमा रहेको छ ।

उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन व्यवस्था लागु गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
गाजा क्षेत्रमा अमेरिकाी सेना राख्ने तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताएका छन्

बेलायती राजकुमारी नेपालमा

  बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

अमेरिकामा टिकटक बन्द

    संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ