तारेभिर महोत्सवमा पुगेर प्रचण्डले भने, ‘७० बर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्नेछ’



हाम्रो इकोनोमि

नेकपा ममाओवादी केन्द्रकका अध्यक्ष पुश्पकमल दाहालले ७० बर्ष पछि देसले स्थायी सरकार पाउने बताएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा आयोजित चौथो तारेभिर महोत्सवको समुद्घाटनमा बोल्दै नेपका माओवादी केन्द्रका अध्यक्ष दाहालले सो कुरा बताएका हुन ।

राजनितिक स्थायीत्वतिर अगाडि बढेको बताउदै दाहालले देशमा आज सम्म विकाशको निम्ती राजनिति होइन राजनीतिको निम्ति विकास गरेको बताए ।

दाहालले भने ‘यो उल्टो हो अब राजनितिको निम्ति विकास होइन विकासको निम्ति राजनिति गर्नुपर्ने समय आयो’ ।

दाहालले कम्युनिष्टहरू एक र अर्कोतर्फ कांग्रेसभएर स्वच्छ प्रतिस्पर्धा गरेर नेपाल र नेपाली जनताको लागी आर्थिक विकासको आकांक्षालाइ सम्वोधन गर्ने सम्बृद्धिको आकांक्षालाइ सम्वोधन गर्ने एउटा नयाँ युगतिर देश जाओस भनेरनै कम्युनिष्ठ एकताको लागी सहमत भएकको प्रस्ट पारे ।

दाहालले समृद्धसमाजको महाअभियानमा समेत लागेको धारणा व्यक्त गर्दै बाम गठबन्धनलाइ झन्डै २ तिहाइ बहुमत दिएर जनताले अनुममोदन गरेकोले जनतालाइ धन्यवाद साथै बधाइ ज्ञापन गरेका थिए ।

दाहालले देसलाइ विकास र समृद्धितर्फ लैजान एमाले अध्यक्ष केपी शर्मा ओली र आफुले राष्ट र राष्टीयताको नाममा कुनै पनि हालतमा पछाडि नहट्ने संकल्प गरेको बताए ।

तारेभिर पर्यटन को राम्रो केन्द्र बन्न सक्ने र रक क्लाइम्बिंग को राम्रो सम्भावना भएको क्षेत्र हो ।

तारेभिर को बिकासको लागी सरकारले करिब २९ करोडको लगानीगरेको छ । कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा एमाले नेता रामेश्वर फुयाल, माओवादी केन्द्रका नेता कृष्ण केसी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...