ओलीले राष्ट्रपतिमा विद्यालाई निरन्तरता दिने बुझे पछी झलनाथले बढाए सक्रियता, खनालले यसरी नछाड्ने भए रास्ट्रपति,बाम गठबन्धन भित्र सल्कियो भुसको आगो



गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ ।

निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति/उपराष्ट्रपति, सभामुख÷उपसभामुख वाम गठबन्धनबाटै हुने देखिएको छ । वाम गठबन्धनबाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकांक्षीले आन्तरिक गृहकार्य मजबुद बनाएका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ तीव्र पारेका छन् ।

राष्ट्रपति भण्डारीले केही दिनअघि मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका लागि डिनर पार्टी आयोजना गरेकी थिइन् । एमाले र माओवादी केन्द्र पार्टी एकताको क्रममा रहेको र दाहाल एकतापछिको पार्टी अध्यक्ष हुने सम्भावना रहेको अवस्थामा भएको डिनर पार्टीलाई कतिपयले राष्ट्रपतिको पुनः दोहोरिने इच्छास्वरूप दाहालसँग नजिकिने योजनाका रूपमा चित्रण गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउने पक्षमा सकारात्मक देखिएका छन् । तर, दुई पार्टीबीच पार्टी एकताका क्रममा नेताहरूको व्यवस्थान गर्ने क्रममा नयाँ राष्ट्रपति/उपराष्ट्रपतिका साथै सभामुख/उपसभामुख परिवर्तन हुने सम्भावना बढी छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनालले राष्ट्रपतिका लागि इच्छा देखाएका छन् । खनालले राष्ट्रपतिका लागि चासो राख्दै गृहकार्य अगाडि बढाएका छन् । पार्टी एकतापूर्व भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति हुने गरी गृहकार्य भएको थियो । पछिल्लो समय नेता नेपाल राष्ट्रपति भन्दा पार्टीमा सक्रिय राजनीति गर्ने पक्षमा रहेको उनी निकटका नेताहरू बताउँछन् ।

माओवादी केन्द्र भने प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटा एमाले र एउटा माओवादीले बाँड्नुपर्ने र राष्ट्रपति र सभामुख दुई संवैधानिक निकायसमेत एक÷एक वटा बाँडफाँट गर्नुपर्ने पक्षमा छ । पद बाँडफाँटका क्रममा राष्ट्रपति माओवादीको भागमा परेको अवस्थामा नेता रामबहादुर थापालाई राष्ट्रपतिको उम्मेदवार बनाउने योजनामा माओवादी केन्द्र छ । माओवादीको औपचारिक र अनौपचारिक बैठकमा थापालाई राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा चर्चा भए पनि दुई पार्टीबीच पदीय बाँडफाँट भइनसकेकाले निर्णय भइसकेको छैन । राष्ट्रपतिमा थापा नहुने अवस्थामा उनी राष्ट्रिय सभाको उम्मेदवार बन्ने निश्चितजस्तै छ। माओवादी केन्द्रले वाम गठबन्धन निकट तर स्वतन्त्र छविको व्यक्तिलाई राष्ट्रपति बनाउन सकिनेसमेत जनाएको छ ।

माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायत पदको विषयमा छलफल भएको तर निष्कर्षमा पुगिनसकेको जानकारी दिँदै राष्ट्रपतिमा स्वतन्त्र छविको व्यक्ति ल्याउन सकिने बताए । वाम गठबन्धनभित्र पदीय भागबन्डाको विषय भने टुंगोमा पुग्न सकेको छैन । यसअघि दुई पार्टीले एक अध्यक्षले सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पार्टी अध्यक्ष हुने बताए पनि सहमति जुट्न बाँकी छ ।

गत २५ पुसमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले प्रदेश सरकार, सभामुख तथा राष्ट्रिय सभाको उम्मेदवारको गृहकार्यका लागि दुवै पार्टीबाट ३/३ जना सदस्य रहने गरी एक कार्यदल गठन गरेको थियो ।
समितिको बैठकले अब बस्ने बैठकमा पार्टी एकताका लागि सांगठनिक र वैचारिक विषयमा गृहकार्यका लागि कार्यदल गठन गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिन खोजिएको माओवादीको आरोप

    नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई

यस्तो छ एमाले सचिवालय बैठकको निर्णय

    नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित

अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार

    २०७६ साल माघ ७ गते राष्ट्रिय सभामा दर्ता भएको भ्रष्टाचार निवारण

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

    भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको