राष्ट्रपति भण्डारीले नेतालाई भोज खुवाउनुको यस्तो भेटियो चुरो कुरो,स्वार्थ गासिएको भोज किन पाक्छ शितलनिवासमा



हाम्रो इकोनोमि

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् ।

यस्तो अवस्थामा को राष्ट्रपति बन्ला भनेर चासोको विषय बनेको छ । तर, बहुमत प्राप्त दलका शीर्ष नेताहरुले नयाँ अनुहार ल्याउने भन्दापनि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको खुलासा भएको छ ।

स्वयम् राष्ट्रपति भण्डारीले नै आफू पूनः राष्ट्रपतिमा ईच्छुक रहेको चाहना प्रकट गरेपछि वाम गठबन्धनका शीर्र्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई दोहोर्याउने वचनबद्धता गरिसकेको खुलासा भएको छ ।

ओली त सुरुदेखि नै विद्यालाई दोहोर्याउने पक्षमा रहेको खुलासा धेरै पहिल्यैदेखि नै भैरहेको थियो । अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विद्यालाई नै पूनः राष्ट्रपतिमा दोहोर्याउने भन्दै अस्ति शुक्रबार भएको डिनर भेटवार्तामा वचन दिएका छन् । राष्ट्रपति भण्डारीले प्रचण्ड परिवारलाई डिनर खुवाएकी थिईन ।

उक्त डिनर पार्टीमा प्रचण्डले खुलेरै नै भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने वचन दिएको उच्च स्रोतको दाबी छ । राष्ट्रपतिको डिनर भित्रको रहस्यका बारेमा अहिले चर्चा चलेको हो ।

प्रचण्डले दिए पूनः राष्ट्रपति हुने ग्रिन सिग्नल वाम राजनीतिमा खैलाबैला मच्चिएको छ । राष्ट्रपतिका लागि झलनाथ खनालले निकै इच्छा देखाएपनि ओली र प्रचण्डले भण्डारीलाईनै अघि सार्ने लक्षण देखिएको छ ।

यता ओली र ‘प्रचण्ड’ले भागबण्डाको गृहकार्य गर्न दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिइसकेको बताइन्छ ।

तर भित्रि रुपमा दुवै नेताहरु भण्डारीको पक्षमा दृढ भएर उभिएका छन् । स्रोतका अनुसार राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिने सम्भावना अहिले ह्वात्तै बढेर गएको छ ।

ओली र प्रचण्डबीच भण्डारी र पुनलाई नै यथावत राख्ने विषयमा एकचरण कुराकानी समेत भइसकेको छ । र फेरि एक पटक सबैलाई दोहोर्याउन बाम नेताहरु तयार देखिएका हुन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...