काठमाडौँमै मन्दिरमा लगेर दिन दहाडै महिलाको यसरी भयो हत्या



हाम्रो इकोनोमि

बल्खुस्थित मन्दिरमा लगेर एक महिलाको हत्या गरिएको छ। नुवाकोट घर भएकी अप्सरा तामाङको आइतबार दिउँसो हत्या भएको हो। बल्खुको भुवनेश्वरी मन्दिर परिसरमा उनको ढुङ्गाले हानेर हत्या भएको हो। करिब ४० वर्षीया तामाङ ज्यामी काम गर्दै आएको खुलेको छ। उनी श्रीमान्‌सँग छुट्टिएर बस्दै आएकी थिइन्।

 

टाउकोमा ढुङ्गाले हानेर हत्या गरिएको अवस्थामा उनको शव भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले बताए।

महानगरीय अपराध महाशाखाले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। घटनास्थलमै उनको मोबाइल फेला परेकाले सोही मोबाइलका आधारमा प्रहरीले अनुसन्धान गरी केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो।

एक व्यक्तिले कुरा गर्न भनेर मन्दिरमा पुर्‍याएको र हत्या गरेको अनुसन्धानमा देखिएको छ। चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...