संखुवासभाको मकालु गाँउपालिकामा गाडी दुर्घटना, गाँउपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु



हाम्रो इकोनोमि

काठमाडौं, पुस ३० । संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्ष र सूचना अधिकारीसहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । माघेसंक्रान्तिका लागि भोटखोला जाँदै गरेका अध्यक्ष खड्ग कटुवालसहितका यात्रु चढेको बा ५ च १३०९ नम्बरको जीप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

 

माघे संक्रान्तिका लागि बरुण नदीमा नुहाउन हिडेका उनीहरु चढेको गाडी सिम्माटार मिर्गेगैडा भन्ने स्थानमा दुर्घटना भएको हो । मृतकमध्ये गाउँपालिका अध्यक्ष कटुवाल, सोहि गाँउपालिकाका सूचना अधिकारी सुवासचन्द्र कुईकेल, र स्थानीय सुरेश कुमार राईको मात्रै परिचय खुलेको छ । गाडीका चालक र भूकम्प आवास पुर्ननिर्माण कार्यक्रमका दुई जना प्राविधिकको परिचय खुल्न सकेको छैन । दुर्घटनाको स्पष्ट कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...