अमेरिकाको हवाईमा जब मिसाइल आक्रमणको झुठो सन्देश फैलियो….



हाम्रो इकोनोमि

अमेरिकाको हवाई राज्यमा शनिबार बिहान सबैको मोबाइलमा एकसाथ चेतावनीको सन्देश आयो, जसमा लेखिएको थियो– ब्ल्यास्टिक मिसाइल हवाईतर्फ आइरहेको छ। आपतकालीन् ठाउँमा जानु होला। यो अभ्यास होइन। यही सन्देश रेडियो र टेलिभिजनबाट पनि आएको थियो।

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले अमेरिकाभरि आक्रमण गर्न सक्ने क्षेप्यास्त्रको बटन आफ्नो टेबलमा भएको बताएको दुई हप्ता नबित्दै हवाईको आपतकालिन् केन्द्रबाट आएको सन्देशले राज्यभर त्रास फैलियो।

स्थानीय समयअनुसार बिहान ८.१० मा सन्देश आएको थियो जतिबेला कोही ओछ्यानमै थिए भने कोही चिया कफी पिउँदै थिए।

‘गुडिरहेका सबै बस रोकिए, यात्रु झरेर दौडिन थाले। स्थिति एकदमै डर लाग्दो बन्यो,’ श्रीमतीसँग २८ औं विवाहोत्सव मनाउन ओआहु पुगेका रे ग्रेस्टले न्युयोर्क टाइम्ससँग भने।

कैलुवा कोनाकी आलिसन निभेन मोबाइलमा सन्देश आउँदा पारिवारिक जमघटमा थिइन्।

‘सन्देश आएपछि मलाई लाग्यो केहीबेरमा हामी मर्दैछौं,’ उनले भनिन्, ‘मैले केटाकेटीलाई गाडीमा राखेर टाढा लैजान खोजें तर मेरो दिमागमा बीच बाटोमै के के होला भन्ने मात्र खेलिरहेको थियो।’

पूरै राज्यमा सन्त्रास छाएको ३८ मिनेटपछिमात्र अधिकारीहरुले भूलबस सो झुठो सन्देश गएको बताएका थिए।

मानवीय गल्तीका कारण झुठो सन्देश गएको र यसमा कुनै ह्याकर वा विदेशीको हात नरहेको अधिकारीहरुले प्रष्ट पारेका छन्।

गभर्नर डेभिड इगले कर्मचारीले गलत बटन दबाएकाले झुठो सन्देश गएको बताए।

संघीय सञ्चार आयोगले झुठो सन्देश कसरी गयो भन्ने बारे अनुसन्धान थाल्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री...