भारतले सीमा क्षेत्रमा क्याम्प खडा गर्न थाल्यो,नेपाली नाकामा कठिनाइ,नेपालले नाकामा कडाइ गराउन ओलीका मान्छे यसरी लागे



हाम्रो इकोनोमि

एमालेका नेता डा राजन भट्टराईले नेपाल–भारतबीच अहिलेसम्म कायम रहेको खुल्ला सिमा अब रहन नसक्ने दावी गरेका छन्। नेपाल–भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य समेत रहेका भट्टराईले सिमा क्षेत्रमा भारतले आफ्नो पक्षबाट कडाइ गरेको भन्दै अब नेपाले सिमा व्यवस्थित गर्नेबारे सोच्नुपर्ने बताए।

‘भारतले अहिले पनि आफ्नो क्षेत्रमा सिमा सुरक्षाका लागि क्याम्प राखेर कडाई गरिरहेको छ,’ ईपीजीको छैठौं बैठक सकेर शनिबार काठमाडौं फर्केका भट्टराईले भने, ‘यसलाई खुल्ला सिमा भन्न मिल्दैन्, नेपालतिर मात्रै खुल्ला छ। सिमा क्षेत्रका जनताको आवतजावतलाई असर नपर्ने गरी व्यवस्थित गर्नुपर्छ।’

ईपीजीको छैठौं बैठक पुस २७ र २८ गते नयाँ दिल्लीमा सम्पन्न भएको थियो। उनले बैठकमा पनि यसबारे कुरा उठेको तर यसरी नै जानुपर्छ भन्ने निष्कर्षमा पुगिनसकिएको बताए।

‘यसबारे ईपीजी बैठकमा पनि कुराकानी भयो,’ उनले भने, ‘भारतीय पक्ष पनि यसमा सकरात्मक नै छ। स्थानीय जनतालाई असर नपुग्ने गरी सिमा व्यवस्थापन गर्ने कुरामा बैठक सहमतिमा पुग्छ।’

मैत्री सन्धि यथावत रहँदैन
भट्टाईले सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन या प्रतिष्थापन गर्ने बारे छलफल चलिरहेको भन्दै सन्धि यथावत भने नरहने पक्का भएको बताए।

ईपीजीका अहिलेसम्म भएका बैठकमा यसबारे सौहार्दपूर्ण रुपमा छलफल भएको भन्दै उनले दुबै पक्षको सहमतिमै प्रतिवेदन तयार हुने बताए। ‘बैठकमा दुवै पक्षबीच सौहार्दपूर्ण रुपमा छलफल भयो,’ उनको भनाइ छ, ‘सहमतिमै जुलाइसम्ममा प्रतिवेदन तयार पारिसक्छौं।’

उनले सन्धिका कुन–कुन बुँदा परिमार्जन गर्ने भन्नेबारे छलफल चलिरहे पनि ‘यसरी नै जाने’ भन्नेबारे अझै टुंगोमा पुगि नसकिएको बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...