नाट्टाको अध्यक्षमा पाण्डे विजयी, अरू क-कसले जिते ?



हाम्रो इकोनोमि

 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को अध्यक्षमा सिएन पाण्डे निर्वाचित हुनुभएको छ ।

नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई छ मतले पराजित गर्नुभएको हो ।

कूल ४२० मत खसेकामा पाण्डेले २१२ र शर्माले २०६ मत प्राप्त गर्नुभएको थियो । चार सय ६७ मतदाता रहेको नाट्टामा ४२० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षा सुरेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

५० वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...