ट्युनिसियामा भएको प्रदर्शनमा २०० जना पक्राउ, दर्जनौँ घाइते



हाम्रो इकोनोमि

ट्युनिसियामा विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २०० जना पक्राउ परेका छन् भने दर्जनौँ घाइते भएका छन् ।

देशभरका विभिन्न ठाँउमा भएका प्रदर्शनहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरू झनभन्दा झन आक्रोसित र कठोर हुँदै गएको पाइएको विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा गत सन् २०११ देखि अपेक्षाकृत तरिकाले लोकतान्त्रिक रूपान्तरण भइरहेको छ । तर आर्थिक रूपान्तरण भने पर्याप्त हुन नसकेको भन्दै असन्तुष्टी व्यक्त भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता खालिफा चिबानीले स्थानीय रेडियोलाई दिएको जानकारी अनुसार झडपका क्रममा ४९ जना प्रहरी अधिकारी घाइते भएका छन् भने देशभरीबाट २०६ जना आन्दोलनकारी पक्राउ परेका छन् ।

उहाँले ठूलो मात्रा स्रोत साधनको क्षति भएको पनि बताउनुभयो । युवा प्रदर्शनकारीहरूले मंगलबार बेलुका पसलहरूमा ढुंगा प्रहार गरेको र उनीहरूलाई तितरवितर पार्न प्रहरीले केही राउण्ड टियर ग्याससमेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा

    चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन्...