ट्युनिसियामा भएको प्रदर्शनमा २०० जना पक्राउ, दर्जनौँ घाइते



ट्युनिसियामा विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २०० जना पक्राउ परेका छन् भने दर्जनौँ घाइते भएका छन् ।

देशभरका विभिन्न ठाँउमा भएका प्रदर्शनहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरू झनभन्दा झन आक्रोसित र कठोर हुँदै गएको पाइएको विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा गत सन् २०११ देखि अपेक्षाकृत तरिकाले लोकतान्त्रिक रूपान्तरण भइरहेको छ । तर आर्थिक रूपान्तरण भने पर्याप्त हुन नसकेको भन्दै असन्तुष्टी व्यक्त भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता खालिफा चिबानीले स्थानीय रेडियोलाई दिएको जानकारी अनुसार झडपका क्रममा ४९ जना प्रहरी अधिकारी घाइते भएका छन् भने देशभरीबाट २०६ जना आन्दोलनकारी पक्राउ परेका छन् ।

उहाँले ठूलो मात्रा स्रोत साधनको क्षति भएको पनि बताउनुभयो । युवा प्रदर्शनकारीहरूले मंगलबार बेलुका पसलहरूमा ढुंगा प्रहार गरेको र उनीहरूलाई तितरवितर पार्न प्रहरीले केही राउण्ड टियर ग्याससमेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार  ०६ : ११  बजे

प्रतिक्रिया दिनुहोस
सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं : रुस

    रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको

चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

  चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ