किसान उखुखेतीतर्फ आकर्षित



हाम्रो इकोनोमि

कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हँुदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान अन्य खेती लगाउन छोडेर उखुखेती गरिरहेका छन् ।

नौ वर्षदेखि उखु खेती गर्दै आएका बेल्डाँडी गाउँपालिकाका मानबहादुर चौधरीले अन्य बालीनाली भन्दा उखुबाट पर्याप्त आम्दानी गर्न सकेको बताउनुभयो ।

“उखुखेती एक पटक र धान, गहुँ खेती पाँच पटक गर्नु एउटै हो”, उहाँले भन्नुभयो, “नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ ।”

केही वर्षयता आफ्नै घरमा समेत गुड उत्पादन गरिरहेका चौधरी दैनिक तीन क्विन्टलसम्म गुड उत्पादन गर्दै आएको बताउनुभयो । गुड प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । उहाँले १० बिगाहमा उखुखेती गर्नुभएको छ ।

उखुखेतीबाट ६ महिनामा रु २० लाखदेखि रु २४ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख देवीदत्त कलौनीले पछिल्लो समय जिल्लामा उखुखेती फस्टाएको बताउनुभयो । उहाँले उखुखेतीतर्फ किसान आकर्षित भइरहेको बताउनुभयो ।

“कञ्चनपुरमा सात प्रतिशतले उखुखेती बढेको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा चिनी मिल सञ्चालनमा आएपछि किसान थप उत्साहित भएका छन् ।”

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...