‘म पनि डाक्टर केसी, मलाई पनि पक्राउ गर’ नारासहित १ बजेबाट माइतीघरमा प्रदर्शन हुने



हाम्रो इकोनोमि

डा. गोविन्द केसीको समर्थनमा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन हुने भएको छ। ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सुको अयोजनामा प्रदर्शन हुन लागेको हो।

‘म पनि डाक्टर केसी, मलाई पनि पक्राउ गर’ भन्ने मूल नारासहित प्रदर्शन हुने अलायन्सका संयोजक डा अभिषेक सिंहले जानकारी दिए। उनका अनुसार प्रदर्शनमा सहभागी हुन डाक्टर, विद्यार्थी, पेशाकर्मी लगायत सबैलाई आह्वान गरिएको छ।

प्रदर्शनमा नयाँ शक्ति, नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले समेत सहभागी हुने भएका छन्। उनले प्रदर्शनमा आउन सबैलाई आह्वान समेत गरेका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा केसी १४ औं अनसनमा छन्। उनलाई अनसनस्थलबाटै सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ गरिएको छ।

डा. केसीले २०७० सालमा नै वर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पुनर्वहली गरेपछि अनसन सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...