‘म पनि डाक्टर केसी, मलाई पनि पक्राउ गर’ नारासहित १ बजेबाट माइतीघरमा प्रदर्शन हुने



डा. गोविन्द केसीको समर्थनमा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन हुने भएको छ। ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सुको अयोजनामा प्रदर्शन हुन लागेको हो।

‘म पनि डाक्टर केसी, मलाई पनि पक्राउ गर’ भन्ने मूल नारासहित प्रदर्शन हुने अलायन्सका संयोजक डा अभिषेक सिंहले जानकारी दिए। उनका अनुसार प्रदर्शनमा सहभागी हुन डाक्टर, विद्यार्थी, पेशाकर्मी लगायत सबैलाई आह्वान गरिएको छ।

प्रदर्शनमा नयाँ शक्ति, नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले समेत सहभागी हुने भएका छन्। उनले प्रदर्शनमा आउन सबैलाई आह्वान समेत गरेका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा केसी १४ औं अनसनमा छन्। उनलाई अनसनस्थलबाटै सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ गरिएको छ।

डा. केसीले २०७० सालमा नै वर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पुनर्वहली गरेपछि अनसन सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको