डा. गोविन्द केसीको बयानः मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन्, कारबाही उनलाई होस्



हाम्रो इकोनोमि
त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान दिएका छन् ।

मंगलबार दिउँसो २ बजेपछि सुरु भएको अदालतको अवहेलनासम्बन्धी बयानमा डाक्टर केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए।

डा. केसी का एक वकिलका अनुसार बयानका क्रममा प्रधानन्यायाधीश राजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएका छन् ।

केसीले प्रधानन्यायाधीश पराजुलीले पदीय हैसियत पनि दुरुपयोग गरेको बयानमा उल्लेख गरेका छन्। नातेदार भएकाले नहकुल सुवेदीलाई ६ महिनामा तीन पटक बढुवा गरेको उल्लेख गर्दै पराजुलीले नै अदालतको अपहेलना गरेकाले उनलाई कारबाही गर्नुपर्ने केसीले बयानमा उल्लेख गरेका छन्।

केसीको बयान सकिएपछि अब न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीले अदालतको अपमान गरेको मुद्दामा बहस हुने भएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...