लिफ्ट प्रविधिले पु¥यायो म्याग्दी नदीको पानी सिँचाईको लागि डाँडोमा



हाम्रो इकोनोमि

बेनी नगरपालिका–२स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएकोे छ ।

तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकमसमेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो ।
प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले हिजो सो आयोजना शुभारम्भ गर्दै प्रविधिको प्रयोगले खेर गएको पानीलाई उपयोग गरी सिँचाइमा सहज हुने बताउनुभयो । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट स्थानीय तरकारी खेतीमा आबद्ध कृषकलाई राहत मिलेको छ ।

कुल रु १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयबाट रु दश लाख अनुदान, समुदायबाट रु चार लाख बराबरको श्रमदान र रु चार लाख ऋण व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
लभ्लीहिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारदेखि विद्युतीय उपकरणको सहायताले पानी तानेर २५० मिटर माथि लभ्लीहिलको डाँडामा सिँचाइको लागि पानी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

इनारदेखि ५०० मिटर ६० एमएमको पाइपबाट लभ्लीहिलमा पु¥याइएको पानी रिजर्भ ट्यांकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्नका लागि २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्राविधिक कृष्ण खत्रीले बताउनुभयो ।

पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्सको प्रयोग गरिएको छ ।
मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेण्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुन्छ । अहिले लम्लीहिल नजिकै पु¥याइएको पानीलाई दारिमपाटासम्म पु¥याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ ।

व्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पु¥याउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...