लिफ्ट प्रविधिले पु¥यायो म्याग्दी नदीको पानी सिँचाईको लागि डाँडोमा



बेनी नगरपालिका–२स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएकोे छ ।

तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकमसमेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो ।
प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले हिजो सो आयोजना शुभारम्भ गर्दै प्रविधिको प्रयोगले खेर गएको पानीलाई उपयोग गरी सिँचाइमा सहज हुने बताउनुभयो । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट स्थानीय तरकारी खेतीमा आबद्ध कृषकलाई राहत मिलेको छ ।

कुल रु १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयबाट रु दश लाख अनुदान, समुदायबाट रु चार लाख बराबरको श्रमदान र रु चार लाख ऋण व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
लभ्लीहिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारदेखि विद्युतीय उपकरणको सहायताले पानी तानेर २५० मिटर माथि लभ्लीहिलको डाँडामा सिँचाइको लागि पानी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

इनारदेखि ५०० मिटर ६० एमएमको पाइपबाट लभ्लीहिलमा पु¥याइएको पानी रिजर्भ ट्यांकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्नका लागि २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्राविधिक कृष्ण खत्रीले बताउनुभयो ।

पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्सको प्रयोग गरिएको छ ।
मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेण्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुन्छ । अहिले लम्लीहिल नजिकै पु¥याइएको पानीलाई दारिमपाटासम्म पु¥याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ ।

व्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पु¥याउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको