सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको शिकार



हाम्रो इकोनोमि

सिरहामा करिब १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ ।

‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो ।

गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण सिरहामा कडा खालको कुपोषणबाट १५ प्रतिशत बालबालिका पीडित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशभरिमा १० प्रतिशत र प्रदेश नं २ मा १४ दशमलव ४ प्रतिशत बालबालिका कडा कुपोषणको मारमा परेका छन् । ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषणको समस्या बढ्दो रहेको प्रमुख डा दासको भनाइ छ ।

उहाँका अनुसार पाँच वर्षसम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषणग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको तथा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ ।

कुपोषण समस्यालाई दृष्टिगत गरी युनिसेफ र डब्ल्युएफपीको आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलाइन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन, अस्ट्रेलियन एडको समन्वय र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लामा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएको जनस्वास्थ्य प्रमुख डा दासले बताउनुभयो ।

गत साउन र भदौमा आएको बाढीको चपेटामा परेका जिल्लाका बालबालिकाको पोषणमा परेका असरलाई सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पोषणयुक्त पीठो बाँडिएको छ भने कतिपय स्थानमा बाँड्नेक्रम जारी रहेको बताउनुहुँदै प्रमुख डा दासले आमालाई तयारी खाना वितरण गर्ने, बच्चाको पाखुराको नाप र वजन लिने काम भइरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुपोषण व्यवस्थापन र उपचारका विषयमा तालीम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...