गोपीकृष्ण हलका मालिक उद्दब र राज्यमंत्री कुन्तीलाई कमल थापाले यसरी रछ्यानमा सुताए,तीनै जनालाई अख्तियारले सनासो लगाउदै



हाम्रो इकोनोमि

शहरी विकासमन्त्री दिलनाथ गिरीलाई निकाले आफैले मन्त्रालय सम्हालेका उर्जामन्त्री कमल थापाको आडमा भ्रष्टाचार गर्नेहरु सलबलाएका छन् । केही दिनअघि मात्रै शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट गिरीलाई थापाले नै फिर्ता बोलाएका थिए ।

शहरी विकास मन्त्रालयमार्फत हुने विभिन्न विकासे काम काम गर्ने निहुँमा कमिसनको खेल बढ्न थालेको छ । मन्त्रालयका सचिव दिपेन्द्र शर्मा र कमल थापाकै पार्टीकी नेतृ कुन्ती शाहीको मिलेमतोमा अरबौँ भ्रष्टाचार गर्ने प्रयास भइरहेको छ ।

पछिल्लो समय नेतृ शाही, सचिव शर्मा र राप्रपाकै कोषाध्यक्ष उद्धव पौडेलको सक्रियतामा शहरी विकास मन्त्रालयमार्फत हुन लागेको शहरी विकास योजनामा भ्रष्टाचार गर्न लागिएको बताइएको छ ।

मन्त्रालयअन्तरगतको करिब १५ अर्बको योजना ठेक्को पाइपलाइनमा रहेको बताइन्छ । यिनै ठेक्काका क्रममा गिरीले कमिसनको खेल रोक्न खोजेपछि अध्यक्ष थापाले फिर्ता बोलोएको आरोपसमेत लगाइएको छ ।

थापाको आडमा भ्रष्टाचार गर्न तम्सिएका शाही, शर्मा र पौडेलले काठमाण्डौको द्धारिकाज होटलमा बसेर कमिसनका लागि दलाली गर्दै आएको कतिपयले आशंका गरेका छन् ।
भ्रष्टाचार हुन लागेको सुइको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताइएको छ ।
सरकारले पछिल्लो समय घोषणा गरेका नगरपालिकामा सहरी पूर्वाधार निर्माण गर्न वार्षिक दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । नयाँ नगरपालिकालाई व्यवस्थित बसोबास गर्न योग्य बनाउन यो रकम खर्चेर सहरी पूर्वाधार तयार गर्न लागिएको हो ।

अधिकाश नयाँ नगरपालिकामा सहरी पूर्वाधार अभाव छ । त्यसैले पछिल्लो समय घोषणा गरिएका एक सय ८५ वटा नगरपालिकामा पाँच वर्षसम्म पूर्वाधार विकासमा लगानी गर्ने गरी योजना तयार पारिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
यही आयोजनामा कमिसन खान नपाउने अवस्था आएपछि उर्जामन्त्री तथा राप्रपा अध्यक्ष थापाले दिलनाथ गिरीलाई हटाएको राप्रपाकै नेताहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...