गोपीकृष्ण हलका मालिक उद्दब र राज्यमंत्री कुन्तीलाई कमल थापाले यसरी रछ्यानमा सुताए,तीनै जनालाई अख्तियारले सनासो लगाउदै



शहरी विकासमन्त्री दिलनाथ गिरीलाई निकाले आफैले मन्त्रालय सम्हालेका उर्जामन्त्री कमल थापाको आडमा भ्रष्टाचार गर्नेहरु सलबलाएका छन् । केही दिनअघि मात्रै शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट गिरीलाई थापाले नै फिर्ता बोलाएका थिए ।

शहरी विकास मन्त्रालयमार्फत हुने विभिन्न विकासे काम काम गर्ने निहुँमा कमिसनको खेल बढ्न थालेको छ । मन्त्रालयका सचिव दिपेन्द्र शर्मा र कमल थापाकै पार्टीकी नेतृ कुन्ती शाहीको मिलेमतोमा अरबौँ भ्रष्टाचार गर्ने प्रयास भइरहेको छ ।

पछिल्लो समय नेतृ शाही, सचिव शर्मा र राप्रपाकै कोषाध्यक्ष उद्धव पौडेलको सक्रियतामा शहरी विकास मन्त्रालयमार्फत हुन लागेको शहरी विकास योजनामा भ्रष्टाचार गर्न लागिएको बताइएको छ ।

मन्त्रालयअन्तरगतको करिब १५ अर्बको योजना ठेक्को पाइपलाइनमा रहेको बताइन्छ । यिनै ठेक्काका क्रममा गिरीले कमिसनको खेल रोक्न खोजेपछि अध्यक्ष थापाले फिर्ता बोलोएको आरोपसमेत लगाइएको छ ।

थापाको आडमा भ्रष्टाचार गर्न तम्सिएका शाही, शर्मा र पौडेलले काठमाण्डौको द्धारिकाज होटलमा बसेर कमिसनका लागि दलाली गर्दै आएको कतिपयले आशंका गरेका छन् ।
भ्रष्टाचार हुन लागेको सुइको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताइएको छ ।
सरकारले पछिल्लो समय घोषणा गरेका नगरपालिकामा सहरी पूर्वाधार निर्माण गर्न वार्षिक दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । नयाँ नगरपालिकालाई व्यवस्थित बसोबास गर्न योग्य बनाउन यो रकम खर्चेर सहरी पूर्वाधार तयार गर्न लागिएको हो ।

अधिकाश नयाँ नगरपालिकामा सहरी पूर्वाधार अभाव छ । त्यसैले पछिल्लो समय घोषणा गरिएका एक सय ८५ वटा नगरपालिकामा पाँच वर्षसम्म पूर्वाधार विकासमा लगानी गर्ने गरी योजना तयार पारिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
यही आयोजनामा कमिसन खान नपाउने अवस्था आएपछि उर्जामन्त्री तथा राप्रपा अध्यक्ष थापाले दिलनाथ गिरीलाई हटाएको राप्रपाकै नेताहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी