सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै किसान



हाम्रो इकोनोमि

पाणिनी गाउँपालिकाको पणेना सिम्ले गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएको छ ।

सिम्लेमा अहिले झण्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् भने पणेनामा २०० घरधुरी अहिले सुन्तला खेतीबाट रु ५० हजारदेखि रु १२ लाखसम्म आम्दानी गरिरहेका छन् ।

यहाँका युवा वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । भारतीय सेनाको जागिर छाडेर फर्किएका पणेनाका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल कृषक बन्नु भएको छ ।

“सुन्तला खेतीबाट वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी हुने गरेको छ,” उहाँले भन्नुभयो । पौडेलको बगैँचामा अहिले ६०० भन्दा बढी सुन्तलाका रुख रहेका छन् । उहाँले बारी, खेत, खर्कमा सुन्तला खेती गर्नुभएको छ ।

पणेना र पोखराथोकमा सुन्तला खेती फष्टाउँदै गएको छ । व्यावसायिक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैँचामा झण्डै ४५० सुन्तलाका रूख रहेका छन् । उहाँले वार्षिक रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्नुहुन्छ ।

“सुन्तला बिक्रीका लागि कुनै समस्या छैन,” उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो रु ७५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । यस वर्ष रु चार लाख आम्दानी हुने उहाँको विश्वास छ ।

सुन्तला बिक्रीबाट मात्र हैन यहाँका किसानले सुन्तलाको नर्सरी राखी बिरुवा बेचेर मनग्य आम्दानी गर्दैआएका छन् । यहाँका किसानले सुन्तला, कागती, जुनारलगायत बिरुबा बिक्री गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...