निर्माण ब्यबसायीका अध्यक्ष गौचनलाई शुट गर्ने मनोज पुनकै समुहले पौडेलको यसरी गर्यो हत्या



हाम्रो इकोनोमि

शुक्रबार रुपन्देहीको देवहदमा व्यापारीको हत्या फरार रहेका गुन्डा नाइके मनोज पुनबाट भएको प्रहरी आशंका छ। पुनले पनि बिदेशबाटै फोन गरेर घटनाको जिम्मेवारी लिएका छन्।

पुन देवदहकै हुन्। उनले नै गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए। काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा पनि उनकै समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

एमाले निकट व्यापारी पौडेलसँग पुनले पुरानै दुश्मनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाको अनुसन्धान भर्खरै सुरु भएकाले हत्यामा संलग्नबारे केही भन्न नसकिने रुपन्देहीका एसपी श्याम ज्ञवाली बताउँछन्।

पुनको समूहले व्यापारीहरुलाई धम्काएर पैसा असुल्दै आएका छन्। अन्य व्यापारीलाई पनि तर्साएर पैसा असुल्नकै लागि उनले हत्या गरेको हुनसक्ने प्रहरी आशंका छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...