यूनाइटेड इन्स्योरेन्स कम्पनीले माग्यो ३ दर्जन कर्मचारी



हाम्रो इकोनोमि

यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडले करिब ३ दर्जन कर्मचारी मागेको छ । कम्पनीले क्षेत्रीय प्रबन्धक(रिजनल म्यानेजर)देखि असिस्टेन्टसम्मको पदमा ३४ कर्मचारी मागेको हो ।

सबैभन्दा बढी असिस्टेन्ट पदमा २० कर्मचारी मागिएको छ ।

कम्पनीले जनकपुर, वीरगञ्ज, काठमाण्डौ, पोखरा, भैरहवा, बुटवल, धनगढी र सुर्खेतका लागि ६ क्षेत्रीय प्रबन्धक मागेको छ । यस्तै, रिइन्स्योरेन्स, कम्पल्यान्स र ह्यूमान रिसोर्स डिपार्टमेन्टमा काम गर्ने गरी ३ जना डिमार्टमेन्ट हेड, अकाउण्ट्स, अण्डरराइटिङ र एडमिनिस्ट्रिेसन डिपार्टमेन्टका लागि ५ जना अफिसर तथा जुनियर अफिसर पनि मागिएको छ । यस्तै, अण्डरराइटिङ, क्लेम र मार्केटिङ डिपार्टमेन्टका लागि २० जना असिस्टेन्ट मागिएको छ ।

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी व्यवस्थापकीय पदमा २ वर्ष काम गरेको अनुुभवप्राप्त व्यक्तिले रिजनल म्यानेजर र डिपार्टमेन्ट्स हेडमा, स्नातकसम्मको अध्ययन पूरा गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कामको अनुुभव भएकोले जुनियर अफिसर तथा अफिसर पदमा आवेदन दिनसक्ने बताइएको छ ।

असिस्टेन्ट पदमा भने जुनसुकै बिषयमा स्नातक सकेको फ्रेस जनशक्तिले आवेदन दिन पाउने बताइएको छ । तर, त्यस्ता आवेदकको उमेर २५ वर्ष माथि हुनुहुँदैन ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...