यूनाइटेड इन्स्योरेन्स कम्पनीले माग्यो ३ दर्जन कर्मचारी



हाम्रो इकोनोमि

यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडले करिब ३ दर्जन कर्मचारी मागेको छ । कम्पनीले क्षेत्रीय प्रबन्धक(रिजनल म्यानेजर)देखि असिस्टेन्टसम्मको पदमा ३४ कर्मचारी मागेको हो ।

सबैभन्दा बढी असिस्टेन्ट पदमा २० कर्मचारी मागिएको छ ।

कम्पनीले जनकपुर, वीरगञ्ज, काठमाण्डौ, पोखरा, भैरहवा, बुटवल, धनगढी र सुर्खेतका लागि ६ क्षेत्रीय प्रबन्धक मागेको छ । यस्तै, रिइन्स्योरेन्स, कम्पल्यान्स र ह्यूमान रिसोर्स डिपार्टमेन्टमा काम गर्ने गरी ३ जना डिमार्टमेन्ट हेड, अकाउण्ट्स, अण्डरराइटिङ र एडमिनिस्ट्रिेसन डिपार्टमेन्टका लागि ५ जना अफिसर तथा जुनियर अफिसर पनि मागिएको छ । यस्तै, अण्डरराइटिङ, क्लेम र मार्केटिङ डिपार्टमेन्टका लागि २० जना असिस्टेन्ट मागिएको छ ।

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी व्यवस्थापकीय पदमा २ वर्ष काम गरेको अनुुभवप्राप्त व्यक्तिले रिजनल म्यानेजर र डिपार्टमेन्ट्स हेडमा, स्नातकसम्मको अध्ययन पूरा गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कामको अनुुभव भएकोले जुनियर अफिसर तथा अफिसर पदमा आवेदन दिनसक्ने बताइएको छ ।

असिस्टेन्ट पदमा भने जुनसुकै बिषयमा स्नातक सकेको फ्रेस जनशक्तिले आवेदन दिन पाउने बताइएको छ । तर, त्यस्ता आवेदकको उमेर २५ वर्ष माथि हुनुहुँदैन ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...