ट्रम्पले राष्ट्रपतिमा जित्दा किन रोइन् उनकी श्रीमती ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा विश्वभर छ । उत्तर कोरियाली शासक किम जोङ उनसँगको वाकयुद्धका कारण पनि उनी विश्वका मिडियामा दिनहुँजसो ‘हेडलाइन समाचार’ बनिरहेका छन् ।

त्यसो त राष्ट्रपति निर्वाचनमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनविरुद्ध अभिव्यक्त उनका भाषण पनि चर्चामा रहे । राष्ट्रपति बन्नका लागि त्यत्रो कसरत गरेका ट्रम्प खासमा राष्ट्रपति बन्न चाहँदैनथे भन्ने खुलासा अमेरिकाका एकजना पत्रकारले गरेका छन् ।

पत्रकार माइकल वल्फले आफ्नो नयाँ पुस्तक ‘फायर एन्ड फरी : इनसाइड द ट्रम्प ह्वाइट हाउस’ मा लेखेका छन् कि ट्रम्पको अन्तिम लक्ष्य राष्ट्रपतिमा जित्ने थिएन । प्रथम महिला मेलानिया ट्रम्पले जब चुनाव जितको जानकारी पाइन्, तब उनी पनि खुसी हुन सकिनन् ।

ट्रम्पले आफ्ना सहयोगी साम नुनबर्गलाई चुनावी दौडको सुरुवातमा भनेको कुरा भन्दै वल्फले पुस्तकमा लेखेका छन्, ‘उनको अन्तिम लक्ष्य कहिल्यै पनि जित्ने भन्ने थिएन । केवल विश्वमा सबैभन्दा चर्चित व्यक्ति हुन सकूँ भन्ने मात्रै थियो ।’

ट्रम्पका लामो समयदेखिका मिल्ने साथी फक्स न्युजका पूर्वप्रुमख रोजर एलिसले राष्ट्रपति निर्वाचनको दौडकै क्रममा एउटा मुखपत्रका रूपमा टेलिभिजन खोल्न सुझाब दिएका थिए । ‘आफ्नो पक्षमा चर्चा फैलाउन ट्रम्पले नेटवर्क सुरु गर्दा भविष्यमा राम्रो हुने, शक्तिशाली ब्रान्ड बन्ने र उत्कृष्ट अवसर प्राप्त हुने सुझाब एलिसले दिएका थिए’– पुस्तकमा लेखिएको छ ।

किताबको अंश न्युयोर्क म्यागजिनमा ‘डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न चाहँदैनथे’ शीर्षकमा प्रकाशित छ । तर, समाचार आएसँगै ह्वाइट हाउसकी प्रेस सचिव सारा सेन्डर्सले त्यसको खण्डन गरेकी छन् ।

साराले भनेकी छन्– ‘खासमा निकै छोटो कुराकानी भएको थियो, जुन किताबसँग केही लिनु–दिनु छैन । मलाई लाग्छ कि राष्ट्रपतिको कार्यभार सम्हालेपछि करिब पाँच–सात मिनेट कुराकानी भएको थियो । उनी (वल्फ) सँग केवल यति नै कुराकानी भएको हो ।’

वल्फका अनुसार ह्वाइट हाउसमा प्रवेश गरेपछि ट्रम्पको कामकाजको बारेमा निकै कमलाई थाहा थियो । ‘ट्रम्पलाई सुझाब दिनु सबैभन्दा बढी जटिल थियो । उनी आफ्नो विशेषज्ञतामा विश्वास गर्थे, चाहे त्यो विचार अप्रासंगिक या तुच्छ नै किन नहोस्,’ वल्फले लेखेका छन् ।

जुनियर ट्रम्पले आफ्ना एक साथीलाई बताएको कुरा भन्दै किताबमा यो पनि लेखिएको छ कि, ‘चुनाव सम्पन्न रातको ८ बजेपछि जब अप्रत्याशित रूपमा राष्ट्रपतिमा ट्रम्पले जितेको पुष्टि भयो तब ट्रम्पलाई भूत देखेजस्तो लागिरहेको थियो । मेलानिया खुसी हुनुको सट्टा रोइरहेकी थिइन् ।’

न्युयोर्क म्यागजिनका अनुसार चुनावी प्रचार हुँदै चुनावको दिनदेखि गत अक्टोबरसम्म १८ महिनासम्म पत्रकार वल्फले ट्रम्प र उनका वरिष्ठ कर्मचारीसँग साक्षात्कार तथा कुराकानी गरेर यो पुस्तक लेखेका हुन् । (शुक्रबारको नयाँ पत्रिका दैनिकबाट)

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको