नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ जनाको मृत्यु



थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ ।

यो अवधिमा देशभरका विभिन्न ठाँउमा तीन हजार ४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् ।

देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चासिमामा सवै भन्दा धेरै जनाको मृत्यु भएको छ । यो ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
कमला ह्यारिस मार्क्सवादी हुन् : ट्रम्प

    अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी

भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु, १५ लाख प्रभावित

    भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको

नेपाली नागरिक जहाँ भएपनि मताधिकार गर्न पाउने वातावरण बनाउन कोशिसमा प्रधानमन्त्री ओली

  दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज

मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर सार्वजनिक

  प्रहरीले अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर सार्वजनिक