अलैँचीको मूल्य बढेपछि किसान हर्षित



हाम्रो इकोनोमि

एक/दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् ।

प्रतिमन ९४० किलो० रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायता अलैँचीको भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका छन् ।

यसभन्दा अघि अलैँची कारोबार भने ठप्प बनेको थियो । अहिले अलैँची प्रतिमन रु ३५ हजारदेखि रु ३८ हजार हाराहारीमा कारोबार भइरहेको छ । भाउ वृद्धि भएसँगै अलैँची कारोबारमा वृद्धि हुन थालेको छ ।

उचित मूल्यको पर्खाइमा रहेका किसानको अलैँची घरमै थन्किएको छ । “गत वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको छ”, फुएतप्पाका कर्णबहादुर राईले भन्नुभयो, “अलैँचीको भाउ नआउँदा एक वर्षदेखि गोदाममै थन्किएको थियो ।”

छिर्केफुर्के रोगले जिल्लामा धेरै अलैँची बगान मासिएको थियो । भाउ पाउने आशामा किसानले विभिन्न ठाउँबाट बिरुवा खरिद गरेर अलैँची रोपिरहेका छन् । किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदानमा अलैँचीका बिरुवा उपलब्ध गराउँदै आएको छ ।

अलैँची व्यवसायी संघका अध्यक्ष विजय खाकीले अलैँचीको मूल्यमा क्रमिक सुधार हुन थालेको बताउनुभयो । उचित मूल्य पाउने आशामा किसानले तीन/चार वर्षदेखि अलैँचीलाई गोदाममा थन्काएर राखेका छन् । यस वर्ष अलैँची कारोबार गत वर्षको तुलनामा आधा मात्र भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । इलाममा आव २०७३/७४ मा एक हजार सात सय हेक्टर क्षेत्रफलमा ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...