तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी



प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् ।

कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले वार्षिक रु ४५ लाख आम्दानी गर्र्नु भएको छ । पन्ध्र रोपनी जग्गा भाडामा लिएर नमूना अर्गानिक फार्म सञ्चालन गरेका हरिजनले गत वर्ष रु ३५ लाख आम्दानी गरेका थिए भने यस वर्ष रु ४५ लाख आम्दानी गर्र्नु भयो । उहाँले जैविक प्रणालीबाट तरकारी खेती गर्दै आउनुभएको छ ।

टनेलमा बाह्रैमास गोलभेँडा खेती, मौसम अनुसारका तरकारी, माछापालन, केराखेती र कुखुरापालन व्यावसायवाट हरिजनले उक्त आम्दानी गर्नुभएको हो ।

फार्ममा गोलभँेडासँगै काँक्रा, घिराँैला, बोडी, सिमी, भिण्डी, खुर्सानी, साग, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले एउटै गोलभेँडाको बोटबाट २० किलोसम्म उत्पादन गर्ने गरेको बताउनुभयो । हरिजनले नयाँ प्रविधि भित्र्याएर तरकारी खेती गर्दै आउनुभएको छ । बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ भित्र्याएर सफल परीक्षणसमेत गर्नुभएको छ ।

व्यावसायिक कृषिमा जमेका कुश्माका हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’को सफल परीक्षण गर्नुभएको हो । मोदी–५ र कुश्मा–३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’को खेती सफल भएको हो ।

युवा पुस्ता लागि लोकप्रिय प्रविधिका रुपमा रहेको यो प्रविधि पर्वतमा पहिलोपटक भित्रिएको हो । माटोमा धेरै परिश्रम गर्न नचाहने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँ माध्यम खोजिरहेका बेला कृषिप्रधान मुलुकमा कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिन प्रतिदिन बढ्दो छ ।

हरिजनको फार्ममा उत्पादित तरकारी सदरमुकाम कुश्माबजार, डिमुवा, आम्बोट, गिज्यान र छिमेकी जिल्ला पोखरामा समेत बिक्री हुने गरेको छ । पोखरा–बागलुङ राजमार्गको छेवैमा रहेको उक्त फार्ममा उत्पादित वस्तुहरु ढुवानीमा कुनै समस्या छैन । उहाँको फार्मलाई जिल्ला कृषि विकास कार्यालयले रु २० लाख सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो

    त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र

अमेरिकाले फिर्ता लियो सैन्य सहायता रोक्ने निर्णय

    मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न

राजनीति गर्ने हो भने दल खोलेर आउन पूर्वराजालाई ढकालको सुझाव

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले

एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना

    शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक