पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए



हाम्रो इकोनोमि

पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् ।

आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको प्रवक्ता आताउल्लाह खोगीआनीले बताउनु भएको छ ।

नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा आइएस आतङ्ककारी लुकेर बसेका स्थानलाई लक्षगरी मङ्गलबार बिहान सरकारी सुरक्षा बलले गरेको हवाई कारबाहीमा परी ६० आतङ्ककारी मारिनुको साथै अन्य १८ जना घाइते भएका खोगीआनीले बताउनु भएको छ ।

यस कारबाहीको क्रममा एक सर्वसाधारणको मृत्यु हुनको साथै अन्य १३ घाइते भएका बताइएको छ ।

नान्गाहार प्रान्तको पूर्वी भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...