सन् २०१८ को पहिलो दिन तीन लाख शिशुको जन्म, यी ९ देशमा धेरै



हाम्रो इकोनोमि

सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार शिशुमध्ये बङ्गलादेशमा मात्र आठ हजार ३७( ९२.१७ प्रतिशत) शिशु जन्मिने अनुमान रहेको यूनिसेफद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी नवबर्षको पहिलो दिन भारतमा ६९ हजार ७०, चीनमा ४४ हजार ७६०, नाइजेरियामा २० हजार २१० पाकिस्तानमा १४ हजार ९१०, इन्डिोनेसियामा १३ हजार ३७०, संयुक्त राज्य अमेरिकामा ११ हजार २८०, कङ्गोमा नौ हजार ४००, इथियोपियामा नौ हजार २० र बङ्गलादेशमा आठ हजार ३७० शिशु जन्मिएको अनुमान यूनिसेफको तथ्याङ्कमा छ।

यूनिसेफले जन्मेकामध्ये प्राय सबै शिशु स्वस्थ जन्मिने भएपनि कतिपय भने जन्मपश्चात नै मृत्यु हुने राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि काम गर्ने निकायले जनाएको छ । सन् २०१८ को पहिलो शिशु किरिबाटीको क्रिश्मस टापूमा जन्मिने छ भने अन्तिम शिशु अमेरिकामा जन्मिने छ, यूनिसेफको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...