सन् २०१८ को पहिलो दिन तीन लाख शिशुको जन्म, यी ९ देशमा धेरै



हाम्रो इकोनोमि

सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार शिशुमध्ये बङ्गलादेशमा मात्र आठ हजार ३७( ९२.१७ प्रतिशत) शिशु जन्मिने अनुमान रहेको यूनिसेफद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी नवबर्षको पहिलो दिन भारतमा ६९ हजार ७०, चीनमा ४४ हजार ७६०, नाइजेरियामा २० हजार २१० पाकिस्तानमा १४ हजार ९१०, इन्डिोनेसियामा १३ हजार ३७०, संयुक्त राज्य अमेरिकामा ११ हजार २८०, कङ्गोमा नौ हजार ४००, इथियोपियामा नौ हजार २० र बङ्गलादेशमा आठ हजार ३७० शिशु जन्मिएको अनुमान यूनिसेफको तथ्याङ्कमा छ।

यूनिसेफले जन्मेकामध्ये प्राय सबै शिशु स्वस्थ जन्मिने भएपनि कतिपय भने जन्मपश्चात नै मृत्यु हुने राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि काम गर्ने निकायले जनाएको छ । सन् २०१८ को पहिलो शिशु किरिबाटीको क्रिश्मस टापूमा जन्मिने छ भने अन्तिम शिशु अमेरिकामा जन्मिने छ, यूनिसेफको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...