नारायणगढ-मुग्लिन सडकमा आजदेखि रातको समयमा गाडी चलाउन नपाइने



मुग्लिन-नारायणगढ सडकखण्डमा आजदेखि रातको समयमा यातायात बन्द गरिने भएको छ।

सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो।

रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाइने भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गर्नेगरी व्यवस्था मिलाइएको छ।

राति सडक बन्द हुने भएकाले काठमाडौंबाट आउने रात्रिबसलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। उक्त समय पार गर्न नसके बस र साना सवारीलाई मुग्लिन बजारमा तथा ट्रकलाई लेवाटारमा रोक्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए।

नारायणगढबाट काठमाडौं र पोखरा लगायतका क्षेत्रमा जाने बस र साना सवारीलाई भने दासढुंगाको मदन आश्रित पार्क नजिक रोकिने भएको छ। सो रुटका ट्रकलाई रामनगरस्थित भतेरी जंगलमा रोकिने तयारी गरिएको छ।

नारायणगढ–मुग्लिन सडकको काम हालसम्म ६८ प्रतिशत सम्पन्न भएको छ। आयोजनाका प्रमुख प्रमुख चन्द्रनारायण यादवले विगतमा नाकाबन्दी, चक्काजाम, इन्धन अभावका कारण कामको प्रगति हुन नसकेको बताउँदै चालु आर्थिक वर्षमा पनि वर्षा, चाडपर्व र निर्वाचनले गर्दा सोचे जति काममा प्रगति हुन नसकेको बताएका छन्। उनका अनुसार पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ।

उक्त सडकखण्डको १६ किलो र २२ किलोमा ५ सय मिटर र ३३ किलोमा ३ सय मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ। सो सडक तीन पत्र कालोपत्र गरिँदैछ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी