तेजपातको उचित मूल्य नपाउँदा कृषक मारमा



हाम्रो इकोनोमि

तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् ।

जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताउनुभयो ।

“सबै वस्तुको प्रत्येक वर्ष मूल्य वृद्धि हुने गरेको छ, तेजपातको मूल्य पाँच वर्ष यता वृद्धि हुन सकेको छैन,” उहाँले भन्नुभयो । व्यापारीले लामो समयदेखि तेजपातको मूल्य वृद्धि गर्न नमान्दा कृषक मारमा परेका हुन् ।

रौता नामन्तका राजकुमार मगर भन्नुहुन्छ, “स्थानीय तहमा बजार छैन, बाहिर बिक्री गर्न ठेकेदार व्यापारीलाई दिनुपर्छ, उनीहरुले प्रतिकिलो रु ३० भन्दा बढी मूल्य दिन मान्दैनन् ।” गत वर्ष र यस वर्ष उही मूल्यमा तेजपात बिक्री गर्नुपरिरहेको उहाँको भनाइ छ ।

स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघले कृषकको समस्याबारे ध्यान नदिँदा मर्कामा परेको कटारी–७ हर्देनीका शेषराज खत्री बताउनुुहुन्छ ।

जिल्लाको मुर्कची, साउने, खाँबु, रौता, आँपटार, इनामे, डुम्रे र सल्ले तावाश्री क्षेत्रमा तेजपात उत्पादन हुँदै आएको छ ।
मयंखु, हर्देनी, सिरीसे, सोरुङ, रुपाटार, ओख्ले क्षेत्रका किसानले व्यावसायिक रुपमा तेजपात उत्पादन गर्दै आएका छन् । जिल्लाको राष्ट्रिय वनमा समेत तेजपात खेती शुरु गरेको सहायक वन अधिकृत लालबाबु यादव बताउनुहुन्छ ।

अहिले निजी र सरकारी वनमा गरी झण्डै दश हजार हेक्टर क्षेत्रफलमा वार्षिक छ लाख किलो तेजपात उत्पादन हुँदै आएको छ । सदरमुकाम गाईघाट र कटारी बजारमा खरिद गरिएको तेजपात स्थानीय बजारमा प्रतिकिलो रु ७० देखि रु ८० तथा विराटनगर, वीरगञ्ज हुँदै अन्यत्र रु १०० भन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...