पर्यटकले पनि मनाए नेपाली टोपी दिवस



हाम्रो इकोनोमि

भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् ।

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको ¥यालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेका बेला यो दिवस मनाउन पाएकामा खुशी लागेको बेलायती पर्यटक जुलियाले बताउनुभयो ।

दिवसका अवसरमा उद्योग वाणिज्य संघ लमजुङ, रोटरी, रोट्रयाक्ट, जेसिससहित विभिन्न युवा क्लबले आज बिहान बेँसीशहरमा ¥याली निकालेका थिए । ¥यालीमा आयोजकसहित टोपीलगायतका विदेशी र सर्वसाधारणको स्वःस्फूर्त सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचानका टोपीको महत्व रहेको भन्दै यसको महत्वलाई अझै बढाउन टोपी दिवस सान्दर्भिक भएको रोटरी क्लब अफ लमजुङका अध्यक्ष दीपक पौडेलले बताउनुभयो ।

विदेशी संस्कृतिको प्रभाव परिरहेका बेला नेपालीको पहिचान जोगाउन सरकारी तवरबाट नै टोपी दिवसलाई विशेष महत्व दिनुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

विगत चारवर्षअघिदेखि रोट्रयाक्ट क्लब अफ लमजुङले टोपी दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय क्लब रोट्रयाक्टले नेपाली पनको महत्वलाई प्रवद्र्धन गर्न टोपी दिवस मनाउँदै आएको क्लबका अध्यक्ष झमप्रसाद गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...