क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव



हाम्रो इकोनोमि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीको प्रयोगशालामा लामो समयदेखि क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव भएको छ ।

क्षयरोगको किटाणु पत्ता लगाउने कार्बलफुसिन, मेथालिन ब्लु र सल्फ्युरिक एसिडको अभाव भएको हो । तीनवटै केमिकलको अभाव भएपछि क्षयरोग परीक्षणका लागि पुग्ने बिरामीलाई परीक्षणबिना नै फर्काउनु परेको प्रयोगशालाका प्राविधिक वसन्त धामीले बताउनुभयो ।

उहाँले दैनिक टाढाटाढाबाट परीक्षणका लागि पुग्ने शंकास्पद क्षयरोगका १० देखि १२ जना बिरामीलाई परीक्षणका लागि अन्यत्र जान सल्लाह दिएको उल्लेख गर्नुभयो ।

जिल्लामै केमिकल नपाइएपछि ल्याब नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
नगरपालिका क्षेत्रका तीन वटा स्वास्थ्य चौकीमध्ये असैनामा रहेको स्वास्थ्य चौकीमा मात्रै प्रयोगशाला सञ्चालनमा रहेको छ ।

प्रयोगशालामा क्षयरोगका बिरामीको परीक्षणसँगै औषधि निःशुल्करुपमा पाइने गरेकाले टाढाबाट बिरामी उपचारका लागि पुग्ने गर्दछन् ।

औषधि पनि अभाव

पिपलाडी स्वास्थ्य चौकीमा औषधिको पनि अभाव रहेको छ । सिटामोल, जीवनजल र परिवार नियोजनका साधानबाहेक अन्य औषधिको तीन महिनादेखि स्वास्थ्य चौकीमा अभाव भएको हो ।

एन्टिबायोटिक कुनै पनि प्रकारको औषधि स्वास्थ्य चौकीमा नरहेको स्वास्थ्य चौकीका प्रमुख दिलीपसिंह साउदले बताउनुभयो । औषधि नै नभएपछि स्वास्थ्य चौकीमा बिरामीसमेत थोरै मात्रै पुग्ने गरेको उहाँले बताउनुभयो ।

बिरामीलाई लगाइने सिरिञ्ज र औषधिको समेत स्वास्थ्य चौकीमा अभाव भएको छ । “एक जना बिरामीलाई वर्षको रु ३०० का दरले औषधि दिँदासमेत वर्षमा रु ६० लाख आवश्यक पर्छ”– उहाँले भन्नुभयो, “औषधि ल्याउनका लागि नगरपालिकाले उपलब्ध गराएको रु छ लाख रकमले एक महिनाको औषधि खरिदका लागिसमेत पुग्दैन ।”

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...