क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव



हाम्रो इकोनोमि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीको प्रयोगशालामा लामो समयदेखि क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव भएको छ ।

क्षयरोगको किटाणु पत्ता लगाउने कार्बलफुसिन, मेथालिन ब्लु र सल्फ्युरिक एसिडको अभाव भएको हो । तीनवटै केमिकलको अभाव भएपछि क्षयरोग परीक्षणका लागि पुग्ने बिरामीलाई परीक्षणबिना नै फर्काउनु परेको प्रयोगशालाका प्राविधिक वसन्त धामीले बताउनुभयो ।

उहाँले दैनिक टाढाटाढाबाट परीक्षणका लागि पुग्ने शंकास्पद क्षयरोगका १० देखि १२ जना बिरामीलाई परीक्षणका लागि अन्यत्र जान सल्लाह दिएको उल्लेख गर्नुभयो ।

जिल्लामै केमिकल नपाइएपछि ल्याब नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
नगरपालिका क्षेत्रका तीन वटा स्वास्थ्य चौकीमध्ये असैनामा रहेको स्वास्थ्य चौकीमा मात्रै प्रयोगशाला सञ्चालनमा रहेको छ ।

प्रयोगशालामा क्षयरोगका बिरामीको परीक्षणसँगै औषधि निःशुल्करुपमा पाइने गरेकाले टाढाबाट बिरामी उपचारका लागि पुग्ने गर्दछन् ।

औषधि पनि अभाव

पिपलाडी स्वास्थ्य चौकीमा औषधिको पनि अभाव रहेको छ । सिटामोल, जीवनजल र परिवार नियोजनका साधानबाहेक अन्य औषधिको तीन महिनादेखि स्वास्थ्य चौकीमा अभाव भएको हो ।

एन्टिबायोटिक कुनै पनि प्रकारको औषधि स्वास्थ्य चौकीमा नरहेको स्वास्थ्य चौकीका प्रमुख दिलीपसिंह साउदले बताउनुभयो । औषधि नै नभएपछि स्वास्थ्य चौकीमा बिरामीसमेत थोरै मात्रै पुग्ने गरेको उहाँले बताउनुभयो ।

बिरामीलाई लगाइने सिरिञ्ज र औषधिको समेत स्वास्थ्य चौकीमा अभाव भएको छ । “एक जना बिरामीलाई वर्षको रु ३०० का दरले औषधि दिँदासमेत वर्षमा रु ६० लाख आवश्यक पर्छ”– उहाँले भन्नुभयो, “औषधि ल्याउनका लागि नगरपालिकाले उपलब्ध गराएको रु छ लाख रकमले एक महिनाको औषधि खरिदका लागिसमेत पुग्दैन ।”

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...