महाराजगञ्जस्थित स्कुलभित्रै १० कक्षामा पढ्ने छात्राको छतमा लगेर बलात्कार, राजधानीका स्कुलमा छात्रा असुरक्षित



हाम्रो इकोनोमि

महाराजगञ्जस्थित स्कुलभित्रै एक बिद्यार्थी बलात्कारमा परेकी छिन्। स्कुलकै कर्मचारीले छात्राको बलात्कार गरेका हुन्। घटना एक महिनाअघिको भएपनि हालैमात्र उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अभियुक्त सुजन श्रेष्ठलाई पक्राउ गरी कारबाही अघि बढाएको हो। वृत्तका डिएसपी योगेन्द्रसिंह थापाका अनुसार स्कुलको छतमा बलात्कार भएको भन्दै छात्राले उजुरी दिएका छिन्। १० कक्षामा पढ्ने ती छात्रा स्कुलकै होस्टेलमा बस्दथिन्। साँझको समयमा छतमा लगेर आफुमाथि बलात्कार गरेको उजुरीमा छ। बहाना बनाएर छतमा बोलाएको र बलात्कारगरेपछि कसैलाई नभन्न धम्की दिएको पीडितको उजुरीमा उल्लेख छ।

अभियुक्त श्रेष्ठ सोही स्कुलको ब्याईज होस्टलमा कार्यरत थिए। सुरुमा घटना गोप्य राखिएकोमा परिवारले थाहा पाएपछि गत आइतबार प्रहरीमा उजुरी दिएका हुन्। अभियुक्त सोही स्कुलको यातायात शाखामा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।पीडितको गोपनियताका लागि प्रहरीले स्कुलको नाम समेत गोप्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...