उखु किसान चिन्तित



हाम्रो इकोनोमि

चिनी मिलले उखुको मूल्य निर्धारण, उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित भएका छन् ।

पुसको दोस्रो हप्ता भइसक्दा पनि यस वर्ष अहिलेसम्म एभरेष्ट सुगर एण्ड केमिकल इण्डट्रिज सञ्चालनमा आउन सकेको छैन ।

गौशाला नगरपालिका–१ रामनगरमा रहेको सो चिनी मिल सञ्चालनमा नआउँदा सयौँ बिगाहा जग्गामा उखुखेती गरेका किसान चिन्तित भएका छन् ।

मिलले मंसिर महिनामै उखु क्रसिङको काम थालिसक्नु पर्नेमा अहिलेसम्म शुरु गरेको छैन । उखु काट्ने बेला भएर पनि मिलले उखु खरिद र मूल्य निर्धारण नगरेका कारण उखु काट्न डराइरहेको गौशाला–१ का राजकिशोर यादवले बताउनुभयो ।

“उखु खेतमै सुक्न थालेको छ,” उहाँले भन्नुभयो । किसानले ऋण गरेर लगाएको लगानी नउठ्ने किसानलाई चिन्ता छ । जिल्लामा यस वर्ष उखुखेतीमा कमी आएको छ । गत वर्ष जिल्लामा १५ हजार बिगाहामा उखुखेती गरिएकोमा यस वर्ष सात हजार बिगाहामा मात्र उखुखेती गरिएको छ ।

उखुखेती घट्नुको प्रमुख कारण मिल समयमा सञ्चालन नहुनु र मूल्य निर्धारण नगरिनु रहेको गौशाला–२ का रामबाबु यादव बताउनुहुन्छ । गत वर्ष जिल्लामा प्रतिक्विन्टल रु ५३१ मा किसानले उखु बिक्री गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...