राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा अध्यादेश जारी गरेकी छिन्।

कांग्रेस र वाम गठबन्धनबीचको विवादका कारण अड्किएर रहेको अध्यादेश राष्ट्रपतिले शुक्रबार बिहान जारी गरेकी हुन्।

बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र पू्र्व सभामुख सुवास नेम्वाङसँग छलफल गरेकी थिइन्। बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उनले अध्यादेश जारी गर्ने संकेत गरेकी थिइन्।

सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपतिले परामर्शका लागि भन्दै अहिलेसम्म रोकेर राखेकाले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न सकेको थिएन। अब आयोगलाई बाटो खुलेको छ।

एमालेले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय प्रणालीमार्फत गर्ने प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै विधेयक जारी नगर्न दबाब बढाएको थियो। यस्तै, सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस, मधेसकेन्द्रित दल र विभिन्न कानुन व्यवसायीले अध्यादेश रोक्नुमा राष्ट्रपतिको दुर्नियत देखिएको भन्दै आपत्ति जनाएका थिए। माओवादी केन्द्रले भने मध्यमार्गी धारणा राख्दै आएको थियो।

राष्ट्रपतिले रोकिराखेको अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार मात्र रिट निवेदन दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...