सोलारबाट बिजुली, स्थानीयवासी हर्षित



हाम्रो इकोनोमि

मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

यससँगै सुगम जिल्ला मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रुपमा चिनिने रमितेखोलाका बासिन्दाको उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने बाध्यता हटेको छ । पहिलो पटक २४ घण्टा नै बिजुली उपभोग गर्न पाउँदा स्थानीयवासी दंग परेका छन् । स्थानीयवासीले सोलार मिनीग्रिड निर्माण उपभोक्ता समिति गठन गरेर सोलारबाट बिजुली उत्पादन गर्न थालेका हुन् ।

समितिका अध्यक्ष पर्वत राईका अनुसार सोलारबाट ३० किलोवाट बिजुली उत्पादन गरेर उपभोक्तालाई वितरण गरिएको छ । राईका अनुसार रु एक करोड ६० लाखको लागतमा सोलारबाट बिजुली उत्पादन भएको हो ।

विद्युत् उत्पादनका लागि एशियाली विकास बैंक (एडिबी)को ९० प्रतिशत, उपभोक्ता, वडा कार्यालय र जिल्ला समन्वय समितिको १० प्रतिशत लगानी लागेको उहाँको भनाइ छ ।

बिजुलीबाट ६५ परिवार लाभान्वित भएका छन् । त्यसबाहेक विद्यालय, वडा कार्यालय, तीनवटा सहकारी, स्वास्थ्य चौकी समेतमा विद्युत् सेवा पु¥याइएको छ । राईका अनुसार सोलार प्यानलबाट ब्याट्रीमा पुगेको पावरलाई इन्भर्टरले एसी (अल्टरनेटिभ करेन्ट) बनाएर प्रवाह गर्छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...