नाइट क्लव डेजाभु तोडफोड काण्ड मिलाउन प्रधानमन्त्री देउवा सहित एमाले अध्यक्ष ओलीसम्मलाई गुहार माग्दै,पैसाको चलखेलमा काण्ड मिलाउने यस्तो छ दाउ



हाम्रो इकोनोमि

गत पुस ५ गते नाइट क्लव डेजाभुमा भएको घटनालाई लिएर क्रिकेट खेलाडी पृथु बास्कोटासहित ८ जना हिरासतमा छन्। ठगीको अभियोग लगाउँदै अदालतको अनुमति लिएर महानगरीय प्रहरी परिसरले यिनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

भर्खरै सकिएको क्रिसमस र आउँदै गरेको नयाँ वर्ष २०१८ मा भब्य कमाउने लक्ष्य राखेका क्लब डेजाभुका संचालकहरु हिरासतमा हुँदा क्लब शून्य हुनु सामान्य नै हो। तर, यसका सञ्चालक चुप लागेर बसेका छैनन् उनीहरुको दौडधुप भने असामान्य छ। क्लवका संचालक भनिएका राम गिरी लगायत अन्य संचालक अहिले प्रधा
केहि दिन अगाडि उनीहरुले प्रधानमन्त्री देउवा र ओलीका सहयोगीलाई भेटेर हिरासत मुक्त गरिदिन आग्रह गरेको प्रहरी स्रोतले जानकारी दियो। बास्कोटासँगै राजु महर्जन, रितेश मारबाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र क्लबका क्याप्टेन आकाश न्यौपाने हिरासतमा छन्।

केही दिनमा नै अंग्रेजी नयाँ वर्ष शुरु हुँदैछ जसमा क्लबले राम्रो कमाउने सम्भावना छ। त्यसैलाई आधार मानेर पनि उनीहरुको सक्रियता राजनीतिक तहमा बढेको हो। स्रोतले भन्यो, ‘केही रकम खर्च गरेर भए पनि उनीहरुलाई हिरासत मुक्त गर्ने कसरत भइरहेको छ।’

क्लब समूहले राजनीतिक दलका नेतामात्र होइन नेपाल प्रहरीका उच्च अधिकृतलाई समेत विवाद मिलाउनका लागि आग्रह गरेका छन्। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्र धानुक भने कसैको दवावमा आएर काम नगर्ने बताउँदै आएका छन्। उनले भने, ‘कानुन अनुसार नै अनुसन्धान प्रकृया अगाडि बढिरहेको छ।’

कार्यक्रमा आयोजना गर्ने मुख्य व्यक्ति रवीन गुरुङ भने अझै फरार रहेका छन्। रवीन नै मार्सेमेलो ल्याउनेदेखि टिकटको व्यवस्थापन गरेको बताउँदै आएका छन्। आयोजकले मार्समेलो कार्यक्रममा सहभागी हुने भन्दै ३ हजार देखि ७ हजार रुपैयाँसम्मको टिकट बिक्री गरेका थिए। तर, कार्यक्रममा आफू अस्वस्थ्य भएको भन्दै मार्समेलो नआएपछि आक्रोसित समूहले क्लब तोडफोड गरेको थियो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...