नाइट क्लव डेजाभु तोडफोड काण्ड मिलाउन प्रधानमन्त्री देउवा सहित एमाले अध्यक्ष ओलीसम्मलाई गुहार माग्दै,पैसाको चलखेलमा काण्ड मिलाउने यस्तो छ दाउ



गत पुस ५ गते नाइट क्लव डेजाभुमा भएको घटनालाई लिएर क्रिकेट खेलाडी पृथु बास्कोटासहित ८ जना हिरासतमा छन्। ठगीको अभियोग लगाउँदै अदालतको अनुमति लिएर महानगरीय प्रहरी परिसरले यिनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

भर्खरै सकिएको क्रिसमस र आउँदै गरेको नयाँ वर्ष २०१८ मा भब्य कमाउने लक्ष्य राखेका क्लब डेजाभुका संचालकहरु हिरासतमा हुँदा क्लब शून्य हुनु सामान्य नै हो। तर, यसका सञ्चालक चुप लागेर बसेका छैनन् उनीहरुको दौडधुप भने असामान्य छ। क्लवका संचालक भनिएका राम गिरी लगायत अन्य संचालक अहिले प्रधा
केहि दिन अगाडि उनीहरुले प्रधानमन्त्री देउवा र ओलीका सहयोगीलाई भेटेर हिरासत मुक्त गरिदिन आग्रह गरेको प्रहरी स्रोतले जानकारी दियो। बास्कोटासँगै राजु महर्जन, रितेश मारबाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र क्लबका क्याप्टेन आकाश न्यौपाने हिरासतमा छन्।

केही दिनमा नै अंग्रेजी नयाँ वर्ष शुरु हुँदैछ जसमा क्लबले राम्रो कमाउने सम्भावना छ। त्यसैलाई आधार मानेर पनि उनीहरुको सक्रियता राजनीतिक तहमा बढेको हो। स्रोतले भन्यो, ‘केही रकम खर्च गरेर भए पनि उनीहरुलाई हिरासत मुक्त गर्ने कसरत भइरहेको छ।’

क्लब समूहले राजनीतिक दलका नेतामात्र होइन नेपाल प्रहरीका उच्च अधिकृतलाई समेत विवाद मिलाउनका लागि आग्रह गरेका छन्। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्र धानुक भने कसैको दवावमा आएर काम नगर्ने बताउँदै आएका छन्। उनले भने, ‘कानुन अनुसार नै अनुसन्धान प्रकृया अगाडि बढिरहेको छ।’

कार्यक्रमा आयोजना गर्ने मुख्य व्यक्ति रवीन गुरुङ भने अझै फरार रहेका छन्। रवीन नै मार्सेमेलो ल्याउनेदेखि टिकटको व्यवस्थापन गरेको बताउँदै आएका छन्। आयोजकले मार्समेलो कार्यक्रममा सहभागी हुने भन्दै ३ हजार देखि ७ हजार रुपैयाँसम्मको टिकट बिक्री गरेका थिए। तर, कार्यक्रममा आफू अस्वस्थ्य भएको भन्दै मार्समेलो नआएपछि आक्रोसित समूहले क्लब तोडफोड गरेको थियो।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी