निःशुल्क आँखा शिविरबाट ६०५ बिरामीले सेवा लिए



हाम्रो इकोनोमि

पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् ।
बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये ५३ जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज प्रभाषमा पठाइएको छ ।

बिरामीलाई सहजरुपमा सेवा दिने उद्देश्यले लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पाको आयोजना तथा प्राविधिक सहयोग, भगवती चश्मा पसल रामपुरको सहआयोजनामा रामपुर नगरपालिकाका विभिन्नस्थानमा शिविर सञ्चालन गरिएको हो ।

सोमबार रामपुर नगरपालिका–१० को रामटारमा भएको शिविरमा सेवा लिएका २१३ बिरामीमध्ये छजनामा मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मंगलबार रामपुर नगरपालिका–१ को स्याउली बजारमा चलेको शिविरमा २१७ जना बिरामीमध्ये १८ जनामा मोतियाबिन्दु र बुधबार रामपुर नगरपालिका–५ को बेझाड बजारमा चलेको शिविरमा १७५ आँखाका बिरामीमध्ये २२ जनामा मोतियाबिन्दु फेला परेको चगवती चश्मा पसलका सञ्चालक किसनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनताले सेवा लिएका छन् । गाउँघरमै आँखा परीक्षण तथा औषधि उपचार निःशुल्क पाएपछि बिरामी खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...