होटलका कर्मचारीको कुटपिटबाट एक ग्राहकको मृत्यु, घटनामा संलग्न ५ जना पक्राउ



हाम्रो इकोनोमि

काठमाडौंको गौशाला पशुपति भिजनस्थित अमादब्लम होटलका कर्मचारीको कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार सिक्किमका भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।

उनका अनुसार बुधबार साँझ होटलमा बस्न आएका गुरुङ र होटलका कर्मचारीबीच विवाद भएको थियो । बाहिरबाट मदिरा सेवन गरी होटलमा सुत्न पुगेका गुरुङले थप मदिरा मागेको र होटलका कर्मचारीले नदिएपछि विवाद बढ्दै गएको प्रहरीले जनाएको छ ।

होटलका कर्मचारी तथा सुरक्षा गार्डको कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको केएमसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न ५ होटलका कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाएको एसएसपी धानुकले बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...