भूकम्पले भत्किएको पुनःनिर्माणपछि विद्यालय भवन हस्तान्तरण



हाम्रो इकोनोमि

सूर्यविनायक नगरपालिका–८ नैचालस्थित सरस्वती आधारभूत निम्न माध्यामिक विद्यालयको नयाँ भवन हस्तान्तरण गरिएको छ ।

भूकम्पले भत्किएको उक्त विद्यालयको भवन मानवीय आस्था नेपालले पुनःनिर्माण गरेको हो । नवनिर्मित विद्यालय भवन मानवीय आस्था नेपालको संस्थापक संरक्षक एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले विद्यालय परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

मानवीय सहयोग र भक्तपुरको विकास गर्ने उद्देश्यले भूकम्प गएको भोलिपल्ट अर्थात् २०७२ वैशाख १३ गते संरक्षक बस्नेतको नेतृत्वमा स्थापना भएको उक्त संस्थाले रु ६५ लाखको लागतमा विद्यालयको चारकोठे भवन निर्माण गरेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

नयाँ विद्यालय भवनमा पढ्न पाउँदा यहाँका विद्यार्थीमा खुसी छाएको बताउँदै बस्नेतले यस्तो खुसी गाउँगाउँमा पु¥याउने बताउनुभयो । युवालाई रोजगारी, सीप नभएका महिलालाई सीप, गाउँ गाउँमा स्कुल र स्वास्थ्य चौकीदेखि सडक, खानेपानी र ढलका लागि आफ्नो योगदान रहिरहने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शशिजंग थापाले अब भक्तपुरमा जनतालाई कुनै पनि कुराको अभाव हुन नदिने गरी विकासका लागि लागिरहने बताउनुभयो ।

मानवीय आस्था नेपालले विद्यालयलाई रु पाँच लाख बराबरको बेन्च, डेक्स, पुस्तकालयलगायतका भौतिक सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितले जानकारी दिनुभयो । त्यसका साथै ३० जना विद्यार्थीलाई मासिक रु एक हजार ५०० का दरले छात्रवृत्ति वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...